नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक देशमा विगतका हरेक आन्दोलन, संघर्ष र युद्धहरु आत्मसमर्पन तथा संझौताहरुमा टुंगिएको कारणले गर्दा आज राष्ट्रियताको समस्या गणतन्त्र स्थापना भइसक्दा पनि ज्युँकात्युँ मात्र होइन, झन् गंभीर बनेको छ । तर नेपालमा राष्ट्रियताको कुरा गर्दा देशको भूगोल अथवा सीमानामा बाह्य शक्तिले गर्ने हस्तक्षेपको रुपमा मात्र बुझ्ने चलन पनि छ । यहाँ यस्तो पनि प्रचलन छ कि राष्ट्रियताको समस्यालाई आम रुपमा नेपालमाथि बाह्य शक्तिको हस्तक्षेप मात्र बुझ्ने । तर यी आंशिक बुझाई मात्र हुन् । वास्तवमा राष्ट्रियताको सवाल देशमाथि बाह्य मुलुकबाट गरिने अवान्छित क्रियाकलाप र हस्तक्षेप तथा देशभित्रकै आदिवासी जनजातिमाथि हुने उत्पीडन र हस्तक्षेप पर्दछन् । त्यसैले राष्ट्रियताको सवाल आन्तरिक र बाह्य पक्ष दुबै हुन्छन् । राष्ट्रियताको मुल तत्व भनेको यहाँका जनता हुन् । जनताका आर्थिक, राजनैतिक, सामाजिक, साँस्कृतिक र भूगोल बाह्य राष्ट्रियता अन्तर्गत पर्दछन् भने आन्तरिक राष्ट्रियता पनि सम्बन्धीत भूगोलका आदिवासी जनजाति, उनीहरुको अर्थतन्त्र, भाषा, कला, संस्कृति, धर्म आदि पर्दछन् ।
भाषिक जटिलता र भ्रम
नेपालमा राष्ट्रियताको आन्दोलनमा अनेक किसिमका भ्रम छर्ने काम हुँदै आएको छ । यसमा सघाउने काम भाषिक जटिलताले पनि गरेको देखिन्छ । राष्ट्रियताको कुरा गर्दा जनस्तरमा सरल तरिकाले बुझ्नका लागि एउटा गंभीर समस्या भाषिक रुपमा रहेको । भाषिक रुपमा कतिपय शब्द तथा पदावलीहरुको दोहोरो र तेहोरो अर्थ लाग्ने र कतिपय शब्द तथा पदावलीहरुको उच्चारण उस्तै उस्तै हुने तर अर्थ फरक हुने गर्दछन् । एउटै शब्दका धेरै अर्थ हुने शब्दको ठिक अर्थ ग्रहण गर्न नसक्दा र उच्चारणमा उस्तै भएका तर अर्थ फरक भएका शब्दहरुको एउटै अर्थमा बुझ्दा गंभीर समस्या पैदा हुने गरेको छ । यस्तो हुनुमा भाषाको समस्या वा जटिलताले पनि ठुलो भूमिका खेलेको देखिन्छ भने अर्कोतिर आफ्नो स्वार्थ सिद्ध गर्न चाहने प्रतिक्रियावादी र अतिवादीहरुको सुनियोजित भ्रमले राष्ट्रियतालाई बुझ्ने सवालमा झन् गंभीर समस्या पैदा गरेको छ । राष्ट्रियता सम्बन्धि कतिपय शब्दहरु विभिन्न ऐतिहासिक चरणहरुमा फरक फरक रुपमा पनि प्रयोग भएका छन् । त्यसैले मानव समुदायको विकास क्रममा प्रयोग हुँदै आएका ती पदावलीहरुका वारेमा पनि हामी स्पष्ट हुनु जरुरी छ । यसलाई वैज्ञानिक ढंगले अर्थात ऐतिहासिक भौतिकवादका आधारमा बुझ्न जरुरी छ ।
नेपालमा शब्द प्रयोग तथा बुझाइमा रहेको समस्यामा राष्ट्र र जाति, राष्ट्र र देश, जाति र जात तथा जातिलाई जुनसुकै समुदायबाट आएका मानिसका लागि जथाभावि प्रयोग गर्ने चलन रहेको छ । यसले गर्दा यी महत्वपूर्ण पदावलीहरुलाई बुझ्न र ग्रहण गर्न गाह्रो भएको छ । राष्ट्रलाई देशको रुपमा बुझ्ने र जातिलाई जातको अर्थमा, नस्लको अर्थमा अथवा कुनै ठाउँका वा समुदायका मानिसको अर्थमा प्रयोग भएको पाइन्छ । जस्तै ज्यापु जाति, दलित जाति, चेपाङ्घ जाति, मधेशी जाति, नेपाली जाति, मानिस जाति आदि । वास्तवमा जाति राष्ट्रको अर्थमा प्रयोग हुँदै आएको शब्द हो । अर्कोतिर वर्ण, जात वा थरलाई पनि जातिको रुपमा प्रयोग गर्ने र बुझ्ने गंभीर समस्याका रुपमा छ । जस्तै बाहुन जाति, क्षेत्री जाति, श्रेष्ठ जाति आदि । यी प्रयोगहरु नितान्त गलत छन् । जाति वा राष्ट्र (लबतष्यल) निश्चित भूगोलका साझा भाषा, साझा आर्थिक जीवन पद्धति, साझा संस्कृति र साझा मनोविज्ञान भएका स्थिर मानव समुदाय नै हो, अर्को अर्थमा होइन । जाति शब्द वृहत्त रुपमा प्रयोग गरिने हुँदा यसको सट्टामा राष्ट्र शब्द प्रयोग नै बैज्ञानिक हुन्छ ।
देश (अयगलतचथ) भन्ने शब्द ११ औँ शताब्दीमा कुनै राजा अथवा शासकको शासनसत्ता वा राज्यले चर्चेको भूगोलको अर्थमा प्रयोग भएको शब्द हो । यसले राष्ट्र वा जातिको अर्थ ग्रहण गर्दैन । सामन्तवादी युगमा देश वा त्यस भूगोलभित्र विभिन्न राष्ट्र वा मानव समुदाय रहन्थे । जाति वा राष्ट्र (लबतष्यल) शब्द १२ औँ शताब्दीमा प्रयोगमा आएको शब्द हो । तर पूँजीवादको विकाससँगै राष्ट्रिय (जातीय) (लबतष्यलब)ि मुक्ति आन्दोलन तथा राष्ट्रिय (जातीय) (लबतष्यलब)ि राज्य बन्न थालेपछि राष्ट्र (लबतष्यल) शब्दलाई देश (अयगलतचथ)को अर्थमा बुझ्ने र प्रयोग गर्ने चलन आयो । तर जाति वा राष्ट्र (लबतष्यल) ले निश्चित गुण भएका मानव समुदायलाई बुझाउँदछ भने देश (अयगलतचथ)ले निश्चित शासनसत्ताभित्रको भूगोललाई जनाउँदछ ।
जाति र जातको कुरा गर्दा जातिभित्रका विभिन्न समुहमा विभाजित समुदाय हो । यसलाई थरको पर्यावाचीको रुपमा पनि प्रयोग गरिन्छ । जस्तै नेवाः जातिभित्र श्रेष्ठ जात वा थर, महर्जन जात वा थर आदि ।
राष्ट्र (जाति) (लबतष्यल)को विकास र राष्ट्रिय (जातीय) मुक्ति आन्दोलन
मानव समाजको विकासलाई समाजशास्त्री र इतिहासकारहरुले तीन युग जंगली युग, बर्बर युग र सभ्य युगमा विभाजन गरेका छन् । मानव समाज विकास जंगली युग र बर्वर युगको मध्यसम्मको आदिम कालमा गोत्र (अबिल)का आधारमा विकास भएको देखिन्छ । गोत्र रक्त सम्बन्धको आधारमा बनेको मानव समुदाय हो । शुरुमा मातृसत्तात्मक समाजमा मातृ वंशको आधारमा गोत्रहरु बन्ने गर्दथे भने समाज पितृ सत्तामा गइसकेपछि गोत्र पितृ वंशका आधारमा बनेको देखिन्छ । एउटै गोत्रमा मानव समुदाय ठुलो भएपछि त्यसबाट छुट्टिएर अर्को गोत्र बन्ने गर्दथ्यो । एउटा गोत्रका मानिसहरु एउटै वंशका सन्तान वा समुदाय हुनाले त्यहाँभित्रका स्त्री र पुरुष बीचमा हाडनाताका कारणले बिवाहवारी हँुदैन । विवाह हुन स्त्री र पुरुषको छुट्टाछुट्टै गोत्र हुनु पर्दछ । एउटा गोत्रभित्र गोत्रको नेतृत्व, परिषद,् सामुहिक उत्पादन, सुरक्षा आदिको प्रबन्ध गरिएको हुन्थ्यो । गोत्रहरु मिलेर कविला (तचष्दभ) वा प्रजाति बन्दछ । कविलाका सामुहिक भूगोल र भाषा हुने गर्दछ । कविलाका नेता सबै गोत्रका परिषद्हरुका सदस्यहरुको सहमतीय वा त्यसरी हुन नसके बहुमतीय आधारमा चुनेर बनाउँदथे । कविलाका नेतृत्वलाई अर्कोले नेतृत्वको क्षमतामा चुनौती नदिदासम्म नेता नै हुन्थे र चुनौती दिएमा फेरि चुनेर आउनु पर्ने हुन्थ्यो अन्यथा अर्को नेतृत्वमा आउँदथे । कविलामा पनि परिषद् हुन्थे र यसले सबै गोत्रहरुको संयोजन, सुरक्षा, न्याय, उत्पादन तथा आवश्यक सामुहिक सहयोग गर्ने दायित्व बोकेको हुन्थे । कविलालाई गणजाति पनि भनिन्छ । बर्बर युगको झण्डै मध्य कालसम्म कविला वा प्रजातिका रुपमा मानव समाज रहेको देखिन्छ । बर्वर युगमा पशुपालन र खेतीपाती गर्न मानव समुदायले सिकेका थिए । यसले मानव समुदायमा निजी सम्पतिको विकास भयो । निजी सम्पतिको विकाससँगै मातृसत्तात्मक समाजको विघटन शुरु भयो र बर्वर युगको मध्य कालसम्ममा कविलाइ समाज पितृसत्तात्मक समाजको रुपमा विकास भयो । कविलाइ कालसम्मलाई आदिम साम्यवादी काल मान्न सकिन्छ ।
बर्बर युगको अन्तिम चरणमा फलाम पत्ता लागेपछि कृषिको ठुलो मात्रामा विकास, कालीगढ तथा घरेलु उद्योगको विकासले सामानको विनिमय र बजारको विकास भएको देखिन्छ । बढ्दै गएको उत्पादन र निजी सम्पति कविलाका संभ्रान्तहरुमा केन्द्रीत हुने र व्यापारी वर्गको विकासले मानिसहरु शहर बजारमा केन्द्रीत हुन थालेपछि विभिन्न कविलाहरु मिलेर जनजातिको रुपमा मानव समुदायको विकास भएको देखिन्छ । मानव समुदायको जनजाति स्तरसम्म विकास भइसक्दा यस मानव समुदाय साझा भूगोल, भाषिका, आर्थिक उत्पादन र संस्कृतिसँग सम्बन्धित हुन्छ । यसकै सेरोफेरोमा राज्यसत्ताको विकास भएको हो । विनिमयका लागि मुद्राको विकासले व्यापार र निजी सम्पतिको केन्द्रीकरणलाई सहज बनायो । यसले मानव समुदायको गोत्रको रुपमा रहेको अवस्था विघटन ग¥यो । यसै कालमा श्रमका लागि दास प्रयोग गर्न थालियो र दास युग बर्वर युगको अन्तिम चरणमा शुरु भयो ।
बर्बर युगपछि सभ्य युग शुरु हुन्छ र आजसम्मलाई नै सभ्य युग मानिन्छ । सभ्य युगको शुरुवातसँगै उद्योग, कला र व्यापारमा प्रशस्त विकास भएको देखिन्छ र मानव सभ्यताको विकास पनि यहीँबाट शुरु हुन्छ । यसका लागि दासहरुले ठुलै रगत पसिना बगाउनु प¥यो । सामन्तवादी युगमा निजी सम्पतिका रुपमा दास नरहे तापनि दासबाट मुक्त भएका किसानहरुलाई भूदासका रुपमा प्रयोग गर्ने काम भयो । सामन्तवादी युगमा पनि उत्पादनको विकास, निजी सम्पतिको विकास, उद्योग, कलाको विकास, विज्ञान तथा प्रविधिको विकास भयो । सामन्तवादी युगको पछिल्लो चरणमा पूँजीवादको विकास हुन थालेको र पूँजीवादी युगमा प्रवेशसँगसँगै सयांै मजदुरहरु कारखानाको एउटै छाना मुनि रहेर मालहरु म्यानुफेक्चरद्वारा उत्पादन हुन थाले । विज्ञान र प्रविधिको विकासले सत्रौ शताब्दीमा वाफबाट संचालित ठुल्ठुला उद्योगहरु खोलिए । यसले शहर बजारहरुको विकास र विस्तार भयो । मानिसहरु शहर बजार केन्द्रीत हुन थाले । अव ठुला शहर, बजार तथा व्यापारको विकाससँगै मानिसहरुको नियमित र व्यापक संसर्गले साझा भूगोलका जनजातिका भाषिकाहरु भाषामा विकास भयो । उसकोे आर्थिक जीवन पद्धति, संस्कृति पनि उच्च प्रकारले विकास भयो । यस दौरानमा मानिसको आवत जावतमा भएको वृढिले एउटै जनजातिका मानिस मात्र नभएर अन्य जनजाति वा समुदायका मानिसहरु पनि घुलमिल भएर एउटा विकसित स्थिर मानव समुहकाको विकास भयो । पूँजीवादको विकाससँगै विकास भएको यस स्थिर मानव समुदाय, जसको साझा भूगोल, साझा भाषा, साझा आर्थिक जीवन पद्धति, साझा संस्कृति तथा साझा मनोविज्ञानसहित जनजातिबाट जाति अर्थात् राष्ट्रमा विकास भयो ।
अंग्रेजीमा कविला वा प्रजातिलाई तचष्दभ र राष्ट्र वा जातिलाई लबतष्यल भनिन्छ । एउटै कविलामा सानो साझा भूगोल, साझा भाषा भए पनि आर्थिक जीवन पद्धति र संस्कृतिको विकास निम्नस्तरको हुन्छ । तर कविलाभन्दा विकसित जनजातिमा ठुलो साझा भूगोल, साझा भाषा तथा भाषिका, साझा आर्थिक जीवन पद्धति तर कम विकसित तथा साझा संस्कृति र मनोविज्ञान हुन्छ । यसरी हेर्दा जनजाति कविलाभन्दा विकसित तर जाति वा राष्ट्रभन्दा कम विकसित मानव समुदाय हो । तर अंग्रजीमा जनजातिको छुट्टै शब्द छैन । कसैले जनजातिलाई पनि तचष्दभ कै रुपमा परिभाषित गर्न खोज्छन् जुन गलत छ । अंग्रेजीमा जनजाति शब्द छैन । यसको पछाडिको कारण पश्चिम युरोपमा मानव समुदायको तीव्र विकास हुने क्रममा कविलाबाट जातिमा विकास भएको देखिन्छ । नेपाल जस्तो अल्प विकसित देशरुमा विकासको गति धिमा भएका कारणले कविलाभन्दा विकसित मानव समुदायलाई जनजातिको रुपमा लिएको छ । जनजाति आफै जाति वा राष्ट्रको रुपमा विकास भएको मानव समुदाय भने होइन । जनजातिको विकसित रुप राष्ट्र वा जाति भएकोले अंग्रेजीमा जनजातिलाई लबतष्यल प्रयोग गर्दा राम्रो हुन्छ किनभने जनजातिलाई कविलामा झार्ने होइन राष्ट्र वा जातिमा विकास गर्ने उद्देश्य हुनुपर्दछ ।
जाति अर्थात् राष्ट्र अन्तरगत हुने ठुला बजार र त्यहाँका साझा भाषाले व्यापार व्यवसाय सहज र अत्यधिक वृढि हुनाले पूँजीवादीहरु जातीय वा राष्ट्रिय राज्य बनाउन उन्मुख भए । यसले पूजीवादीहरुको सामन्तवादीहरुसँगको संघर्षमा सामन्तवादलाई परास्त गर्न महन्वपूर्ण भूमिका खेल्यो । यसै दौरानमा छरिएर वा विभिन्न देशमा बाँडिएर रहेको जाति (राष्ट्र) एकै ठाउँमा मिलेर जातीय (राष्ट्रिय) राज्यहरु बने भने एउटै ेदेशमा फरक फरक जातिहरु रहेको अवस्थामा छुट्टिएर छुट्टाछुट्टै जातीय (राष्ट्रिय) राज्यहरु बने । पहिलो मिलेर बनेको राज्यमा जर्मनलाई उदाहरणको रुपमा लिइन्छ भने दोस्रो छुटेर बनेका राज्यहरुमा स्वीडेनबाट छुटेर बनेको बेल्जियम राज्यलाई उदाहरणको रुपमा लिइन्छ । यसैका आधारमा जाति (राष्ट्र)हरुलाई आत्मनिर्णयको अधिकार वा राजनीतिक रुपमा जाति (राष्ट्र)ले छु«िट्टएर अर्कै जातीय (राष्ट्रिय) राज्य बनाउने अधिकार पूँजीवादको प्रथम चरणमा स्थापित भयो ।
राष्ट्रिय वा जातीय आन्दोलन पश्चिम युरोपका हकमा यो १७ र १८ औँ शताब्दीको कुरा थियो भने रुस लगायतका पूर्वका हकमा १९ र २० औँ शताब्दीको कुरा हो । २० औँ शताब्दीदेखि नै पूँजीवाद साम्राज्यवादमा विकास भएपछि साम्राज्यवादले अल्पविकसित देशका सामन्तवाद र शासकहरुसँग मिलेर विगतमा सामन्तवाद ढाल्न मजदुर, किसान र जातिहरुसँग मिलेर खेल्ने प्रगतिशील भूमिकाको विपरित मजदुर, किसान र जातिहरुमाथि थप उत्पीडन गर्ने भूमिका खेल्न थाल्यो । त्यसैले आज २१ औँ शताब्दीको साम्राज्यवादी युगमा विगतमा जस्तै जातीय (राष्ट्रिय) मुक्ति आन्दोलनका लागि सामन्तवादसँग मात्र लडेर पुग्दैन, साम्राज्यवादसँग पनि लड्नु पर्ने आवश्यकता भएको छ । जातीय आन्दोलनको कुरा गर्दा सामन्तवादी तथा दलालहरुको विरुद्धमात्र संघर्षको कुरा गर्ने साम्राज्यवाद र विस्तारवादको विरुद्धको संघर्षमा मौन साध्नु वास्तवमा उत्पीडित जातिमाथि धोखा दिनु हुनेछ । नेपालका सन्दर्भमा जातीय मुक्तिको कुरा गर्ने अधिकांशको हालत यस्तै छ ।
राष्ट्रिय (देशको) स्वाधीनता (लबतष्यलब िष्लमभउभलमभलअभ यच ष्लमभउभलमभलअभ या ब अयगलतचथ)
नेपालको राष्ट्रिय स्वाधीनताको कुरा गर्दा राष्ट्रिय शब्द देशको अर्थमा प्रयोग भएको छ । देश (राष्ट्र) स्वाधीन हुन नेपाल नेपालीहरुको आफ्नै अधीनमा हुनु पर्दछ, देशको भूगोल तथा सीमाना अक्षुण्ण हुनु पर्दछ र देशको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेपरहित तथा अरुबाट स्वतन्त्र हुनु पर्दछ भन्ने हो ।
तर पृथ्वी नारायण शाहको गोर्खा राज्य विस्तार वा अर्को भाषामा भन्दा नेपालको भूगोलको एकीकरणदेखि नै राष्ट्रियताको समस्या बल्झिँदै आएको छ । गोर्खा राज्य विस्तारलाई भूगोलको एकीकरण किन भन्न सकिन्छ भने नेपालको भूगोल काठमाडौँ उपत्यका मात्र होइन, यद्यपि मल्लकालको अन्तसम्ममा उपत्यकामा सीमित भएको जस्तो देखियो, किरातकालमा नेपालको भूगोलको बारेमा कुनै पनि सूचना वा प्रमाण प्राप्त छैन । तर लिच्छवी काल नरेन्द्रदेव कालमा चिनीयाँ यात्री हुयन साङ्घले आफ्नो यात्रा वृतान्तमा नेपालको भौगोलिक अवस्थिति, भौगोलिक अवस्था र भूगोलको नापका बारेमा लेखेको पाइन्छ । उक्त यात्रा विवरणमा नेपालको परिधि ४,००० ली अथवा झण्डै २,००० किमी हुन आउँछ । देशको आजको परिधि झण्डै २१५० किमी छ । यद्यपि परिधिले नै भूगोलको वास्तविक क्षेत्रफल दिँदैन तर परिधिले पनि वास्तविक क्षेत्रफलको नजिक पुग्न सकिन्छ । यसका साथै काठमाडौँ उपत्यकामा २० ली अर्थात् १० किमीका बाटाहरुको सर्किट छन् भन्ने कुरा उल्लेख गरिएको छ । लिच्छवी कालका विभिन्न शिलालेखहरुले पनि नेपाल उपत्यकामा सिमित छैन भन्ने तथ्य स्पष्ट नै छ । त्यसैले पृथ्वीनारायणको गोर्खा राज्य विस्तार राष्ट्रिय एकीकरण वा वास्तविक एकीकरण नभएर संयोगले भूगोलको एकीकरण भने हुन गएको छ ।
राज्य विस्तारकै क्रममा वृतिशइण्डियासँग भएको सीमा विवादले सन् १८१४ मा भएको वृतिशइण्डियासँगको युद्ध र यसमा नेपाल पराजित भएपछिको सन् १८१६ को सुगौली सन्धीपछि नेपालले आफ्नो एकतिहाइ भूगोलमात्र गुमाउनु परेन, बरु निरन्तर रुपमा थप आर्थिक, अप्रत्यक्ष रुपमा राजनीतिक र साँस्कृतिक रुपमा हस्तक्षेप हुँदै आएको छ । नेपाल तत्कालीन रुपमा वृतिश इण्डियाको र हाल भारतीय विस्तारवादको अर्धउपनिवेश तथा नवउपनिवेशको रुपमा कायम रहेको छ । यसले नेपालको राष्ट्रिय स्वाधीनतालाई गभीर रुपमा आघात पारेकै छ । त्यसमाथि वर्तमान अवस्थामा पनि यहाँका शासकहरुका राष्ट्रिय आत्मसमर्पण र दलाल चरित्रका कारण साम्राज्यवाद तथा विस्तारवादबाट राष्ट्रिय स्वाधीनतामाथि गंभीर खतरा भइरहेको छ ।
नेपालको राष्ट्रिय स्वाधीनता वा वाह्य राष्ट्रियताको कुरा गर्दा साम्राज्यवाद विषेशतः भारतीय विस्तारवादबाट लगातार रुपमा हुँदै आएको उत्पीडन प्रमुख रुपमा रहेको छ । भारतीय विस्तारवादले नेपालको भूगोलमाथिको अतिक्रमण, नेपाली जनताको जनजीवनमाथि प्रत्यक्ष रुपमा असर पार्ने गरी आर्थिक र साँस्कृतिक रुपमा अतिक्रमण, जनसंख्यायिक अतिक्रमण, राजनीतिक हस्तक्षेप आदि पर्दछन् । नेपालको राष्ट्रिय स्वाधीनता सम्बन्धित विषयलाई यसरी सुत्रबद्ध गर्न सकिन्छ ।
१. नदीनाला, जलस्रोत तथा जलविद्युत्सँग सम्बन्धीत असमान सन्धी सम्झौताहरु । यस अन्तर्गत कोशी, गण्डक सम्झौता, महाकाली सन्धी, पछिल्लो चरणमा भएका अपर कर्णाली र अरुण तेस्रो रहेका छन् ।
२. कोशी नदीमा उच्च ड्याम बनाउने परियोजना, जसले नेपालको थुप्रै वस्ती र खेती योग्य भूमि जलमग्न बनाउने छ । यसका साथै नेपालको दक्षिणी सीमानामा भारतद्वारा जमिन उठाएर बनाइएका सडक तथा ड्याम, जसले नेपाली भूमि वर्षातको मौसममा डुवानमा पारिरहेको छ ।
३. पारवहन सन्धी ।
४. भारतीय विस्तारवादले नेपाल जस्तो भूपरिवेस्थित देशमाथि वेला वखत गरिने नाकाबन्दी ।
५. सीमाना अतिक्रमण ।
६. दार्चुला जिल्लास्थित कालापानी–लिपुलेक–लिम्पियाधुरा भारतीय विस्तारवादको फौजसहितको कब्जा ।
७. नेपालको अन्र्तराष्ट्रिय त्रिभुवन विमान स्थलमा भारतीय सेना राख्ने सहमति ।
८. विप्पा संझौता ।
९. नागरिकता विधेयक ।
१०. सन् १९५० को सन्धी तथा त्यस अघिका सन् १८१६ को सुगौलीसम्मका सन्धीहरु जसले नेपाललाई भारतको उपनिवेश बनाएको छ ।
११. सन् १९६५ को सन्धी र पत्राचारहरु जसले नेपाललाई भारतीय सुरक्षा छातामुनि ल्याउने काम गरेको छ ।
१२. पछिल्लो चरणमा नेपाली राजनीतिमा भारतीय हस्तक्षेप जसले नेपाललाई भारतको अर्धउपनिवेश मात्र नबनाएर नबउपनिवेश बनाउने गरेको छ ।
१३. ःऋऋ ।
१४. भारतीय सांस्कृतिक हस्तक्षेप ।
१५. नेपाली बजारमा भारतीय उत्पादन बेरोकटोक प्रवेश ।
१६. नेपाली कच्चा पदार्थ भारतका लागि सस्तो श्रोतको भण्डार ।
१७. नेपालका संसदवादी पार्टी तथा नेताहरुको राष्ट्रिय आत्मसमर्पणवादी चििरत्र ।
यी बुँदाहरुले गर्दा नेपालको स्वाधानतामा गंभीर समस्या यथावत रुपमा रहिरहेका छन् र साम्राज्यवाद र विस्तारवादको नेपालमाथि हस्तक्षेप निरन्तर रुपमा जारी छ । वर्तमान अवस्थामा नेपाल स्वाधीन तथा स्वतन्त्र छैन । त्यसैले माथि उल्लेखित विषयहरु ह्ल गरेर नेपालका सवालमा विदशी हस्तक्षेप र दवावरहित नेपाली जनता आफैले निर्णय गर्ने स्थितिमा मात्र नेपाल स्वाधीन र स्वतन्त्र रहने छ ।
देशको आन्तरिक राष्ट्रियता
सयौँ अझ हजारौँ वर्षदेखि आफ्नो आदिथलोमा आफ्ना पुर्खाले रगत पसिना वगाएर सिंचित गरेको भूमि, भाषा, कला, सँस्कृति, सम्पदा, अर्थतन्त्र चाहे मानव समुदायको स्थिति कविला होस्, चाहे जनजाति होस् वा जाति (राष्ट्र) होस्, सबैलाई आफ्नो आदिथलो तथा समुदाय प्यारो हुन्छ र यसको मापन देशभन्दा कम प्यारो भन्ने हुँदैन । यसमाथि आफ्नै देशभित्रबाट हुने हस्तक्षेप पनि बाह्य हस्तक्षेप कै अनुभुति हुने गर्दछ । त्यसैले नेपाल जस्तो बहुजाति, बहुभाषा, बहुसँस्कृति र बहुधर्म भएको देशमा आन्तरिक राष्ट्रियताको कुरा अत्यन्त संवेदनशील हुन्छ । तर नेपालमा ब्रम्हाणवादी शासकहरुले यसको वेवास्तामात्र होइन, नियोजित रुपमा षडयन्त्र गरेर उनीहरुमाथि उत्पीडन गर्दै आएको अवस्था छ ।
नेपालका आदिवासी जनजातिमाथि पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारका क्रममा र त्यसपछि पनि निरन्तर रुपमा उनीहरुका आदिथलो, भाषा, कला, संस्कृति, सम्पदा, धर्म, अर्थतन्त्रमाथि हस्तक्षेप, दमन र उत्पीडन हुँदै आएको छ । आज साम्राज्यवाद र विस्तारवादका दलाल, राष्ट्रिय आत्मसमर्पपणवादी तथा ब्रम्हाणवादी प्रतिक्रियावादी शासकहरुले यसलाई मलजल गर्दै आएका छन् । यसले देशको आन्तरिक एकतालाई कमजोर बनाएको छ र नेपालको बाह्य राष्ट्रियता जस्तै आन्तरिक राष्ट्रियता गंभीर संकटमा परेको छ ।
आन्तरिक राष्ट्रियताका समस्याहरुलाई यसरी सूत्रबद्ध गर्न सकिन्छ ः
१. आदिथलोमाथि अतिक्रमण र आप्रवासनको समस्या ।
२. भाषा, कला, संस्कृतिमाथि उत्पीडन र अतिक्रमण ।
३. सम्पदामाथि अतिक्रमण ।
४. प्राकृतिक स्रोतसाधनमाथि अतिक्रमण ।
५. विकास निर्माणको नाममा आदिवासी जनजातिको उठिवास र अप्रक्ष्य रुपमा जातीय संहार ।
६. अर्थतन्त्रमाथि अतिक्रमण र विनास ।
७. संसदीय पार्टीका नेताहरुको सामन्ती ब्रम्हाणवादी र दलाली चिन्तन र सोच ।
८. साम्राज्यवाद तथा विस्तारवादको नेपालमाथिको स्वार्थ तथा यसको परिपूर्तिका लागि नेपाली सामन्ती ब्रम्हाणवादी दलाल नेताहरुको परिचालन तथा आदिवासीमाथि उत्पीडन ।
आन्तरिक राष्ट्रियताको समस्या हल गर्न यहाँका आदिवासी जनजातिहरुलाई आत्मनिर्णयको अधिकार स्वीकृति र पहिचान सहितको संघीयता, स्वायत्तता, स्वशासन र अग्राधिकारको व्यवस्था हुनु पर्दछ । यसले देशका सबै जाति समुदायहरुलाई समान अधिकारको ग्यारेण्टी गर्दछ । आदिवासी जनजातिहरुलाई यस्तो अधिकारको व्यवस्था भएपछि माथि उल्लेख गरिका आन्तरिक राष्ट्रियताका समस्या हल गर्नेछ र समानताको आधारमा आन्तरिक एकता मजबुत हुनेछ ।
निष्कर्ष
नेपालको राष्ट्रियताको कुरा गर्दा बाह्य राष्ट्रियता र आन्तरिक राष्ट्रियता दुवै गंभीर संकटमा रहेका छन् । आन्तरिक राष्ट्रियता (आदिवासी जनजाति र क्षेत्रमाथि भइरहेका उत्पीडन) को समस्या हल नभई वास्तवमा देशभित्रको राष्ट्रियता मजबुत हुन सक्दैन । यसको मतलब जनता बीचमा सुदृढ एकता पैदा हुन सक्दैन । जनताको सुदृढ एकता बिना बाह्य राष्ट्रियताको समस्या (बाह्य शक्ति विषेश गरी भारतीय विस्तारवादको थिचोमिचो, उत्पीडन र हस्तक्षेपका) विरुद्ध शसक्त रुपमा लड्न सकिँदैन । अर्कोतिर बाह्य राष्ट्रियतालाई सुदृढ बनाउन नसक्दा आन्तरिक राष्ट्रियता पनि सुदृढ हुन सक्दैन । आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियता बीचमा द्वन्दात्मक सम्बन्ध रहेको हुन्छ । अर्को शब्दमा भन्दा आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियता एक अर्काका परिपुरक हुन्छन् । त्यसैले राष्ट्रियताको कुरा गर्दा एक पक्ष समातेर अर्को पक्षलाई अनदेखा गर्नु राष्ट्रियताको आन्दोलनलाई जानीनजानी कमजोर बनाउने काम हुन्छ । यसबाट हामी सतर्क रहनु पर्दछ । हामी फेरि यस कुरामा पनि स्पष्ट हुनु पर्दछ कि अन्ततः बाह्य राष्ट्रियता प्रधान हुन्छ । यसो भन्दै गर्दा आन्तरिक राष्ट्रियतालाई छोड्नु गंभीर गल्ती हुनेछ र यसले बाह्य राष्ट्रियतालाई कमजोर बनाउँदछ ।
त्यसैले राष्ट्रियताको मुद्दा जुन देशको अत्यन्त संवेदनशील तथा जटिल मुद्दा र देशको एउटा जल्दोबल्दो तथा प्रमुख मुद्दा मध्ये एक बनेको छ, यसलाई हल गर्न सबैले आन्तरिक तथा बाह्य राष्ट्रियता हल गर्ने गरी दुबै मुद्दाहरुलाई शसक्त रुपमा उठान गरेर संघर्षलाई शसक्त बनाउनु पर्दछ । साथै यसका लागि आम नेपाली जनता एक भई साम्राज्यवाद विशेष गरी भारतीय विस्तारवाद र नेपालका दलाल तथा नोकरशाही पूजीवाद सामन्तवाद विरुद्ध संघर्ष गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर संघीय जनगणतन्त्र स्थापना गर्ने दिशामा अघि बढ्नु पर्दछ ।
साभार ः ह्याउँ निभाः वर्ष १० पूर्णाङंक ४ कार्तिक २०७८
०७८.०७.१०

 

प्रतिक्रिया

सम्बन्धित खवर