१ विषय उठान
क) फ्रान्समा राज्यक्रान्तिको सुरुवात राजा लुई चौधौंको पालामा भएर उनैलाई जनताले मारेपछि समाप्त भयो । त्यसबखत राजाका अगाडी अरु मान्छे भनेका पशु सरह नै थिए । राजाको अगाडी घँुडा टेकेर झुकेर राजाको मुख नहेरी कुरा गर्नु पर्दथ्यो । ती निरिह प्रजाको दैनिकी यस्तै थियो । तस्वीरमा राष्ट्रपति विद्यादेवी भण्डारी अघिल्तिर लम्पसार परेर टिका थाप्ने । लम्पसार परेकोमा आफुलाई सम्मान गरेको ठानेर मस्केर टिका लगाई दिएको देख्दा फ्रान्सको लुई चौधौंको शासनकाल बल्ल नेपालमा शुरु भएको जस्तो लाग्यो । लम्पसार पर्ने मान्छे पनि न्याय क्षेत्रका ठुलै पदमा पुगेको व्यक्ति जस्तो लाग्छ । गणतन्त्र आएपछिका नेपालका राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री समेतले आफुलाई ठुला–ठालु ठानेर जुन हैकम प्रदर्शन गरिरहेका छन्, यो दुर्भाग्य हो । यो भन्दा लाजमर्दो संसारमा अन्त कतै हँुदैन । (प्रेमसिंह बस्नेत, कान्तिपुर, पाठकमञ्च, कार्तिक ६, २०७५।
ख) पहिले, पहिले देशमा राजसंस्था हँुदा राजारानीले दशैंको अवसरमा सर्वसाधारणलाई टिका–जमरा लगाई दिने प्रचलन थियो । अहिले गणतन्त्रमा यो प्रचलनलाई हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीले निरन्तरता दिएको दृष्य हेर्न पाइयो । यसरी पुराना शासकहरुको तरीका गणतन्त्रमा आइपुग्दा पनि हुबहु अपनाइरहँदा शासकको मनोवृत्तिमा परिवर्तन नआएको झझल्का यस्ले यस दिन्छ । धर्मलाई अफिम मान्ने राजनीतिक दर्शनका हिमायती अहिलेका कम्युनिष्ट प्रधानमन्त्रीका यो अभ्यास उदेकलाग्दो छ । – मनोज लम्साल, कान्तिपुर, पाठकमञ्च, कार्तिक ६, २०७५।
ग) पहिले राजा–महाराजाको दरवार नारायणहिटीमा मात्रै हुने यस्तो प्रचलन अचेल राष्ट्रपतिको निवास शीतलनिवासदेखि प्रधानमन्त्री निवास बालुवाटारमा मात्रै होइन, नेपाली सेनाको मुख्यालय भद्रकाली र जनपद प्रहरीको केन्द्रीय कार्यालय नक्सालसम्म फैलिएको छ । आगामी वर्षमा प्रत्येक सरकारी कार्यालय र तीनवटै जननिर्वाचित अंगसँग अन्य संरचनामा पनि यसको फैलावट भए अनौठो हुनेछैन । टिकाकरणको फैलावट हेर्दा ‘बडा दशैं’, त्यससँग जोडिएका हिन्दु मुल्य–मान्यता र सनातन धार्मिक परम्पराको विस्तृतीकरण भएको देखिन्छ । – राजेन्द्र महर्जन, नयाँ महाराजको ‘टीकातंत्रं’, कान्तिपुर, पाठकमञ्च, कार्तिक ६, २०७५।
घ) राजतन्त्रको अन्त्यपछि स्थापित गणतन्त्रमा पनि आफुलाई लोकतान्त्रिक र कम्युनिष्ट भन्ने दल र नेताहरुले शाहवंशीय राजतन्त्रद्वारा बढावा दिइएका धार्मिक–साँस्कृतिक परम्परा एवं अभ्यास जारी राखेर राजतन्त्रको ‘आत्मा’लाई मर्न दिएको छैन । ‘नेपाललाई असली हिन्दुस्तान’ बनाउने क्रममा हिन्दु राजा–महाराजाले संविधानमै हिन्दु अधिराज्य भनी तोकेर लेख्ने र समाजलाई हिन्दुकरण गर्ने सिलसिलामा सुदृढ गरेको, टिका लगाउने र थाप्ने चलनलाई गणतंत्रका राष्ट्रपति र प्रधानमन्त्रीबाट व्यापकता दिईंदा राजतन्त्रको सीनो गन्हाएको अर्थमा आलोचना हुनु अनौठो होइन । –राजेन्द्र महर्जन, नयाँ महाराजको ‘टीकातंत्रं’, कान्तिपुर, पाठकमञ्च, कार्तिक ६, २०७५।
ङ्ग) देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र राज्यसत्ताका विविध अंगहरु धार्मिक उत्सवहरुमा हार्दिकतापुर्वक सरकारी स्तरवाट भाग लिन थालेपछि संविधानमा घोषित धर्मनिरपेक्षता खोक्रो हुन जान्छ । हम्रो देशमा दशैंदेखि तिहारसम्म यो संवैधानिक त्रासदी हरेक वषर््ा मञ्चित हुने गर्दछ । यस वर्ष त गज्जबै छ । कम्युनिष्ट पार्टी भनाउंदाहरुको दुई तिहाईको सरकारको दशैं जात्रा जारी छ । तत्कालिन एमाले पार्टीबाट प्रस्तावित राष्ट्रपति अझ अनिश्वरवादी माओवादी जनसेनाको चिफ कमाण्डरको इतिहास बोकेको उपराष्ट्रपति र प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले बडो हार्दिकतापुर्वक र तामझामका साथ जसरी टीका थाप्ने र लगाउने गरेको दृष्य देखियो, त्यसले यो देश अझै पारम्परिक शासनको धार्मिक प्रवृत्तिको निरन्तरतामै रहेको प्रदर्शित गर्दछ । (यसबाट) संविधानमा धर्म निरपेक्षताको व्यवस्था एउटा औपचारिकता मात्र देखिन्छ । नेपालको संविधान–२०७२ ले धर्म निरेपेक्षताको स्पष्टिकरणमा भनेको छ – ‘धर्म निरपेक्ष’ भन्नाले सनातन देखि चलि आएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक स्वतन्त्रता सम्झनु पर्दछ । तर ‘ सनातनदेखि चलि आएको धर्म संस्कृति’ के हो भन्ने बारे कतै लेखिएको छैन । प्रवृत्तिको आधारमा भन्नुपर्दा यसको आशय राज्यले पारम्परिक रुपमा अभ्यास गर्दै आएको धार्मिक–सांस्कृतिक अभ्यासको निरन्तरता हो भन्ने बुझ्नु उचित देखिन्छ । – रोशन जनकपुरी, नयाँ पत्रिका, ५ कार्तिक ०७५।
च) जगजाहेरै छ कि पुनरुत्थानवादी तत्वहरु पहिलदेखि नै ‘हिन्दु राजा र हिन्दु राष्ट्र’ फर्काउने हर्कत गर्दै आएका छन् । ने Þका Þको नेतृत्वले पनि अब हुनलागेको महाअधिवेशनमा ‘हिन्दु राज्य’को प्रस्ताव पारित गराउन लागेको कुरा बाहि आएको अवस्था छ । एमालेको आगामी महाधिवेशनले पनि ‘हिन्दु राज्य’ पारित गर्न सक्ने प्रष्ट नै छ । यी उदाहरणहरु यसकारण टिपिएका हुुन कि आजका कम्युनिष्ट नामधारीहरु ‘ धार्मिक वामपन्थ’ र ने Þका Þ ‘ धार्मिक दक्षिणपन्थ’ हरु हुन्, जो हिजोको कम्युनिष्ट र सिद्धान्त र कांग्रेस सिद्धान्तभन्दा उल्टो दिशामा हिंडेका छन् । कम्युनिष्टहरु भौतिकवादी हुनाले अनिश्वरवादी हुन्छन् । तसर्थ स्वभावतः कम्युनिष्टहरु धर्म निरपेक्षताको पक्षपाती हुन्छन् । दोश्रो विश्वयुद्ध पछिका बुर्जुवा राज्यहरुले पनि धर्म निरपेक्षतालाई अनिवार्य तत्वको रुपमा ग्रहण गरे । भारतका राष्ट्रपिता महात्मा गान्धीले जो व्यक्तिगत रुपमा हिन्दु थिए, लेखेका छन् – ‘मेरो निम्ति व्यक्तिगत रुपमा धर्मबाट अलग रहने स्थितिको कल्पना गर्न पनि कठिन छ, तर जहाँसम्म राज्यको प्रश्न छ, धर्म र राजनीति दुई फरक विषयहरु हुन, एक अर्कामा मिसाएपछि अन्योल र अलग राख्दा जीवन सरल र सुन्दर हुन्छ ’। त्यस्तै वि Þपी कोइरालाले राणाशासनको पतनपछि नयाँ राज्यको निर्माण प्रसंगमा भनेका थिए – ‘नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु धोका हुनेछ’ । वि Þपी कोइरालाको पार्टी नेपाली कांग्रेसले वैचारिक रुपमा उल्टो छलाङ्ग हानेको त धेरै भयो । अफसोच ! वैचारिक रुपमा आफुलाई अनिश्वरवादी र भौतिकवादी घोषणा गर्ने कम्युनिष्ट सरकारको धर्म प्रतिको आचरण र दृष्टिकोण वि Þपी कोइराला भन्दा कैयौं गुणा पछाडी देखिन्छ । – रोशन जनकपुरी, नयाँ पत्रिका, ५ कार्तिक ०७५।
किन कथित कम्युनिष्टहरु र कथित प्रजातन्त्रवादीहरु अहिले ‘धर्मनिरपेक्ष राज्य’को विरुद्ध पुनरुत्थानवादी तत्वहरुसँग कुम जोेडेर ‘टुप्पीदेखि पैतालासम्म’ को ताकत लगाइरहेका छन् ? अन्तरिम संविधान (२०६३) ले नेपाललाई ‘धर्मनिरपेक्ष राज्य र संघीय गणतन्त्र’ को रुपमा स्वीकार गरेको थियो । किन नेपालको संविधान (२०७२)ले धर्म निरपेक्षलाई प््राष्टिकरण दिएर भ्रष्टिकरण (विकृतिकरण) गर्नु परेको रहेछ भन्ने कुरा माथिकै उदाहरणहरुबाट पनि प्रष्ट हुन्छ । अहिल त्यतिले मात्र नपुगेर ‘धर्मनिरपेक्ष’ भन्ने शव्द नै हटाउन लागेका छन, किन ? यसै विषयमा यहाँ छलफल गरिनेछ ।
२) के हो धर्म निरपेक्षता?
अहिलेको नेपालको पश्चगामी संविधान (२०७२)ले नेपाली जनता बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको मानेको छ ( प्रस्तावना र भाग १, धारा ३) । यस प्रकारको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक चरित्रको नेपाल जस्तो देशमा कुनै एकल धर्मको वर्चस्व वा विशेषाधिकार न्यायपुर्ण हुन सक्दैन । राज्यको निम्ति सबै समुदाय समान हुन्छन, सबै समुदाय प्रति समानता र सम्मानजनक व्यवहार गर्न सक्नु न धर्म निरपेक्षता हो । धर्म निरपेक्ष राज्यले धर्मलाई हरेक नागरिकको निजी आस्था र विस्वासको विषय मान्दछ । साथै कसैको धर्म मान्ने वा नमान्ने अधिकारको पनि सम्मान गर्दछ, हस्तक्षेप गर्दैन । धर्मनिरपेक्षताको इतिहास के छ भने पहिले पहिले धर्मको आधारमा सञ्चालित हुन्थे । युरोपमा चर्च र राज्यको वीचमा ‘शक्ति संघर्ष’ लामो समय चल्यो । अन्ततः राज्य बलियो भयो र चर्चको अधिकार पुर्णतः कटौती भयो । विज्ञानले पनि धर्मको मन गढन्ते विचारलाई अस्वीकार ग¥यो र धर्मका ठेकेदारहरुको अन्यायपुर्ण कृयाकलापलाई समाजले पचाउन छोड्यो । यसरी धर्म निरपेक्षताको सिद्धान्त बनेको हो । धर्मनिरपेक्ष राज्यको अर्थ धर्मले राजकिय मामिलामा हस्तक्षेप नगर्ने र राज्यले पनि धार्मिक विधि–विधानमा सम्पन्न गर्नमा बाधा नगर्ने भन्ने नै हो ।
वास्तवमा धर्म निरपेक्षको सिद्धान्त सामन्तवाद विरुद्धको लडार्इंमा पुंजीवादले अभ्यास गरेको सिद्धान्त हो । पुंजीवादी व्यवस्थामा अभ्यास भएको यो सिद्धान्तलाई सन १९१७ को रुसी अक्टोवर समाजवादी क्रान्तिपछि बनेका समाजवार्दी मुलुकहरुले विरासतको रुपमा अपनाएका हुन् । यसबाट के स्पष्ट हुन्छ भने सच्चा कम्युनिष्टहरु जसले गरेको भए पनि राम्रो कामको प्रगतिशील कार्यहरुको विरोध गदैनन्, बरु अपनाउन सक्छन् । तर नेपालमा कम्युनिष्टको खोल ओढेका र नेतृत्वमा पुगेका यथास्थितिवादी तथा ब्राम्हणवादीहरुले अन्ततः आफ्नो प्रतिगामी अनुहार देखाएका छन् भने प्रजातन्त्रको रामनाम ओढेका यथास्थितिवादी र पुनरुत्थानवादी तत्वहरुले ‘धर्मनिरपेक्षता’लाई खेदो गर्नु त कुन अनौठो हो र !
३) धर्म निरपेक्षताको बचाउ किन गरिनु पर्छ?
ड्ड राजा महेन्द्रले २०१९ सालको संविधानमा ‘हिन्दु राजालाई हिन्दु राज्य’ घोषणा गरेका थिए । राजतन्त्र हटेपछि पनि पश्चगामी तत्वहरु राजतन्त्रको पुनस्थापना र हिन्दु राज्यको सपना देख्दैछन् । भारतमा हिन्दु अतिवादीहरुको (बि Þजे Þपि) सरकार बनेको छ । यहाँका पश्चगामी तत्वहरुले भारतीय अतिवादीहरुको पुट पाएका छन् । नेपाली जनताले आन्दोलनबाट प्राप्त गरेको गणतन्त्रलाई विदेशी अतिवादको बुइ चढेर मास्ने नियतबाट धर्म निरपेक्षताको विरोध गर्दैछन्। नेपाली जनताले यस प्रकारको पश्चगामी विचार र विदेशी चलखेलको विरुद्ध दृढतापुर्वक संघर्ष गर्नु पर्दछ ।
ड्ड त्यसरी नै यथास्थितिवादीहरुले धर्म निरपेक्षता हिन्दु धर्मको विरद्ध ल्याइएको हो भन्ने आरोप लगाउने गरेका छन् । यिनै तत्वहरुले संविधानसभा २ को निर्वाचन मञ्चन गरी बनाएको संविधान २०७२ मा धर्म निरपेक्षताको स्पष्टिकरण दिएर हिन्दु राज्यको कानुन लागु गरेकाछन् । मुलुकको धार्मिक सद्भाव खलबल्याएर आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने यो गलत प्रवृत्ति हो । यसका विरुद्ध सचेत नागरिकले संघर्ष गर्नु पर्दछ ।
ड्ड नेपालको पहिचान भनेको हिन्दुहरुको पहिचान हो, ८१ प््रातिशत जनता हिन्दÞु भएको मुलुक हिन्दु राज्य हुनु पर्दछ भन्ने तर्क गरेर बहु जातीय र बहु धार्मिक पहिचानलाई गुमराह गर्ने तत्वहरु प्नि छन् । तर सत्य के हो भने
क) नेपालमा आदिवासी जनजाती ३८ प्रतिशत, पहाडी क्षेत्री–बाहुन २८ प्रतिशत, दलित (पहाड र तराई) १३ प्रतिशत, मधेसी १७ प्रतिशत र धार्मिक अल्पसंख्यक( मुस्लिम) ४ प्रतिशत छन् ।
ख) नेपालमा जाति, भाषा र धर्मको जनगणना भएकै छैन । अहिलेको जनगणना टाउको गनाई मात्र हो । राजा महेन्द्रले हिन्दु राज्य बनाउन हिन्दु धर्म ८१ प्रतिशत र खसभाषालाई राज्यको भाषा बनाउन ५१ प्रतिशतको तथ्याङ्क निकालेका थिए । २०६८को जनगणनामा पनि हिन्दु ८१ प्रतिशत नै कसरी सम्भव भयो ? नेपाल मै जनजाति महासंघले २०४७ घोषणा गरेको थियो कि नेपालका जनजातिहरु हिन्दु होइनन् । त्यो संस्थाले त्यसै बखतदेखि धर्म निरपेक्षताको वकालत गर्दै आएको पनि छ ।
ग) ने Þका Þले २०१२ को राष्ट्रिय सम्मेलनबाट नेपाल धर्म निरपेक्ष राज्य हुनु पर्दछ भन्ने प्रस्ताव पारित गरेको थियो । २०४७ सालको संविधान निर्माणमा एमालेले धर्म निरपेक्षता सहितको २७ बुंदे फरक मत राखेको थियो । एमाओवादीले धर्म निरपेक्ष र गणतन्त्र कै नारा दिएर संविधानसभा १ को निर्वाचन जितेको थियो । मधेशवादी दलहरुको घोषणा पत्रमाहरुमा धर्म निरपेक्षताकै पक्षमा वकालत गरिएका थिए । तिनीहरु नै अहिले प्रत्यक्ष वा परोक्ष धर्मनिरपेक्षताको विरोधमा उभिएका देखिन्छन् । तसर्थ हिन्दु राज्यले मात्र नेपालको पहिचान जोगिन्छ भन्नेका विरुद्ध सच्चा क्रान्तिकारी तथा न्याय प्रेमी जनताले संघर्ष गरेर नै बहुजाति, बहुभाषिक र विविध धर्म–संस्कृतिको रक्षा गर्न सकिन्छ ।
घ) संविधानसभा १ मा वामपंथीहरुको प्रतिनिधित्व ६२ प्रतिशत थियो र उनीहरु नै सरकारमा हुंदा कसरी २०६८ को जनगणनामा ८१ हिन्दु देखाइयो ? यसले के देखाउंछ भने ती बामको खोल ओढेका हिन्दुहरु हुन् कम्युनिष्ट होइनन् । यस प्रकारको नक्कली वामका विरुद्ध संघर्ष गरेर धर्म निरपेक्षताको रक्षा गरिनु पर्दछ ।
ङ्ग) नेपाल धर्म निरपेक्ष राज्य भएकोले क्रिश्चियन धर्म फैलिएको भन्ने आरोप लगार्इंदैछ । नेपालमा क्रिश्चियन धर्मको लामो इतिहास रहेको छ । हिन्दु धर्मलाई सिरानी हालेर शासन गर्ने ब्राम्हणवादीहरुको राज्य हंँदा नै त्यो धर्म फैलिएको थियो र अहिले त्यसमा थप भएको छ । क्रिश्चियनको मात्र नभएर हिन्दÞुहरुको पनि जनसंख्या बढेको छ । तलको तालिकाले सन २००१ को तुलनामा २०११ मा क्रिश्चियन र हिन्दुु धर्मको जनसंख्या बढेको तर बौद्ध र किरांत धर्म मान्ने जनसंख्या घटेको देखाएको छ ।
तालिका १, धर्मको आधारमा जनसंख्या वितरण( प्रतिशत)
धर्म २००१( प्रतिशत) २०११( प्रतिशत)
हिन्दु ७९ Þ६ ८१Þ Þ६
बौद्ध १० Þ७ ९ Þ०
ईस्लाम ४ Þ २ ४ Þ ४
किराँत ३ Þ६ ३ Þ१
क्रिश्चियन ० Þ५ १ Þ४
अन्य १ Þ४ ० Þ५
जम्मा १०० १००

४) धर्म निरपेक्षता किन उल्टाउन खोजिंदैछ ?
हामीले माथि नै भनिसकेका छौं नेपालमा कम्युनिष्ट र नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा थियो । मधेशवादी दलहरुले पनि धर्म निरपेक्षतालाई स्वीकारेका हुन् । विभिन्न धार्मिक, जातीय र सामाजिक संघ संगठनहरुले पनि धर्म निरपेक्षताको माग गरेका हुन् । उक्त कारणहरुले गर्दा नै स्थापित भएको धर्म निरपेक्षतालाई किन उल्टाउन खोजिंदैछ ?
ड्ड ने Þका Þका अहिलेको नेतृत्व यथास्थितिवादी ब्राम्हणवादीहरुले गरेका छन् ।
ड्ड एमाले र माओवादी केन्द्रको नेतृत्व पनि यथास्थितिवादी ब्राम्हणवादीहरुले गरेका छन् ।
ड्ड ने क पा(नेकपा)को सरकारको प्रधानमन्त्री हिन्दु राज्यको पक्षमा र संघीयताको विरुद्ध कस्सिएर लागेकै थियो ।
ड्ड अहिलेको नेकाले नेतृत्व गरेको गठवन्धन सरकारको प्रधानमन्त्री पनि हिन्दु राज्यको पक्षमा कस्सिएर लागेको छ ।
ड्ड भारतको प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा हिन्दु राज्य बनाउनु छ र यहाँको सरकारको नेतृत्व गर्नेहरुलाई मोदीको आशिर्वाद चाहिएको छ ।
ड्ड धर्म निरपेक्षताको विरुद्ध भारतीय जनता पार्टीले नेपालको दार्चुला देखि झापासम्म २०० स्कूल सञ्चालन गरेको छ । पैसाको खोला बगाएको छ र केपी ओली, शेरबहादुर देउवा र कमल थापा जस्ता उनका राजनीतिक भरौटेहरु समेत तयार पारिएका छन् ।
५) कम्युनिष्ट र धर्म निरपेक्षता
धर्मका ठेकेदारहरुले चेतनालाई (आत्मा, ईश्वर, आदि) आदि तत्व मान्दछन् र चेतनाले नै (ईश्वर) जगतको (पदार्थ) जन्म र सञ्चालन समेत गर्दछ भन्ने अपार्थिव विचार राख्दछन् । तर उक्त विचारको विपरित पदार्थलाई आदितत्व मान्ने, पदार्थबाट नै चेतनाको उत्पति भएको भन्ने, पदार्थ सास्वत छ, गतिशील छ र जगतमा त्यसबाहेक अन्य कुनै किसिमको अलौकिक वा पारलौकिक शक्तिको अस्तित्व छैन भन्ने दार्शनिकहरु भौतिकवादी हुन् । गतिशिल पदार्थ बाहेक अरु कुनै कुराको अस्तित्व नभएको यस जगतमा ईश्वरको कुनै स्थान नहुने भएकोले ईस्वर मान्ने धर्मसँग भौतिकवादको कुनै साइनो रहंदैन ।
भौतिक जगतलाई गतिशिल, विकसित र नवीन रुपमा हेर्ने भौतिकवादी विश्व दृष्टिकोणलाई माकर््स–एङ्गेल्सले सामाजिक जीवनको ऐतिहासिक विकासका नियमहरुको अध्ययन गर्ने सिद्धान्तको रुपमा लागु गरे, जसलाई ऐतिहासिक भौतिकवादको सिद्धान्त भनिन्छ । यो सिद्धान्त अनुसार “ सामाजिक स्थितिले सामाजिक चेतनाको निरुपण गर्दछ ” । यस दृष्टिकोणबाट हेर्दा ईस्वर मान्ने धर्म वास्तविकताको विकृत र कपोलकल्पित प्रतिविम्व हो भन्ने प्रष्ट हुन्छ । तर शोषक वर्गीय दार्शनिकहरुले धर्म (ईस्वर) सर्वकालिका हुन्छ र धार्मिक भावना मानिसको प्राकृतिक गुण हो भन्ने सिद्ध गर्न खोज्छन् । वास्तविकतामा भने सामाजिक विकासको चरणमा मात्र धर्मको उत्पति भएको थियो ।
ड्ड कम्युनिष्ट पार्टीले धर्मलाई कहिल्ये पनि सदस्यहरुको व्यक्तिगत मामिला मान्दैन । लेनिनले के लेखेका छन् भने हामी राज्यसितको सम्वन्धमा धर्म व्यक्तिगत मामिला हुनु पर्दछ भन्ने माग गर्दछौं तर हामी आफ्नो पार्टीसितको सम्वन्धमा धर्मलाई कुनै हालतमा पनि व्यक्तिगत मामिला भन्न सक्तैनौ । धार्मिक उत्पीडन लगायत हर प्रकारको बोद्धिक उत्पीडन विरुद्ध कठोर संघर्ष गर्ने पार्टीले कम्युनिष्टहरुलाई स्थायी रुपमा आव्हान गर्दछ । यसको साथै पार्टीले धर्मको विरुद्ध संर्घषलाई समाजवाद र साम्यवादको लागि सर्वहारावर्गको वर्गीय संघर्षको आम लक्ष्यहरुसित सम्वन्धित तुल्याउंदछ । धर्मको वर्गीय आधार अर्थात शोषण तथा जनसाधारणहरुको सामाजिक उत्पीडनमा अडेको पुंजीवादी समाजलाई नै निर्मुल पार्नु धर्मको उन्मुलनको निम्नतम मुख्य शर्त हो भन्ने कम्युनिष्ट पार्टीले मान्दछ । – (समाजवाद र धर्म, खण्ड–१०,१९०५,पृ ७७)
ड्ड यस प्रकारको माकर््सवादी–लेनिनवादी पार्टीहरु कति छन नेपालमा ? यस विषयमा कुनै विश्लेषणको जरुरी छैन, केवल ८१ प्रतिशत हिन्दुको तथ्याङ्क हेरे पुग्छ, सही कम्युनिष्ट कति छन्, हिन्दु कम्युनिष्ट कति छन् ।
६) धर्म निरपेक्षता र व्यवहार
नेपालको अन्तरिम संविधान (२०६३) को धारा ४१ ले नेपाललाई धर्म निरपेक्ष राज्य मानेको थियो । धर्म निरपेक्ष राज्य भएको नौ वर्षसम्म पनि हिन्दु राज्यको पञ्चायती ऐन कानुनलाई संशोधन गरिएन, तसर्थ आवरणमा धर्म निरपेक्ष भनिए पनि यथार्थमा मुलुक धर्म निरपेक्ष थिएन । अहिलेको संविधान (२०७२)मा त्यही आवरणलाई पनि हटाउन कोशिस भएको छ । धार्मिक स्वतन्त्रताको नाममा हिन्दु राज्यको कानुन लागु गर्ने षडयन्त्र भइरहेको छ । हामीले के बुझ्नु पर्दछ भने व्यक्तिलाई धार्मिक स्वतन्त्रता हुन्छ तर राज्य धर्म निरपेक्ष हुनु पर्दछ । अन्यथा गरिने कुरालाई मान्नु गलत हुनेछ । तसर्थ
क) धर्म निरपेक्ष राज्यको पक्षमा दृढ संघर्ष आवश्यक छ ।
ख) गाई राष्ट्रिय जनावर हुन सक्दैन ।
ग) धर्म निरपेक्षताकै आधारमा नेपालको ऐन कानुनहरु निर्माण गरिनु पर्दछ ।
घ) राज्यकोषबाट गुठी, मठ मन्दिर चलाइनु हुन्न ।
७) विट मारनी
नेपाली जनताको अथक संघर्ष, त्याग र वलिदानको फल हो वर्तमान गणतान्त्रिक राज्य – नेपाल । यो राज्यलाई पहिचान सहितको संघीय जन गणतन्त्र बनाउने कार्यभार बाँकी नै छ तापनि प्राप्त उपलव्धीहरु मध्ये धर्म निरपेक्षता (यद्यपि प्रष्टिकरण दिएर विकृत गरिएको छ) पनि एउटा हो । २००७ सालदेखि २०६३ सालसम्मकै राजनीतिक आन्दोलनहरुमा धर्म निरपेक्षताको माग उठ्दै आएको हो । धर्म निरपेक्ष राज्य भनेको राज्यले कुनै एकल धर्मको पक्ष नलिनु अर्थात् धर्मका विषयमा निरपेक्ष÷तटस्थ रहनु हो । धर्म निरपेक्षको सिद्धान्त भनेको राज्यबाट सबै धर्मप्रति समानता र सम्मानजनक व्यवहार गरिनु हो । अहिले केपी ओली र शेर बहादुर देउवा प्रवृत्ति भनेको हिन्दु धर्मलाई काखी च्यापेर अन्य धर्ममाथि विभेदकारी नीति लागु गर्ने हो । यो पश्चगामी प्रवृत्ति हो । यसले मुलुक धार्मिक (गृहयुद्धतर्फ धकेलिन सक्छ । यो प्रवृत्तिको खण्डन गरिनु पर्दछ । धर्म निरपेक्षको विकल्पमा सनातनी धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक स्वतन्त्रता वा अन्य शव्दावली प्रयोग गरेर एकल धर्मलाई राज्यले विशेषाधिकार दिने कुरो धर्म निरपेक्षताको विरोधी विचार हो । यस्तो विचारकोे खण्डन गरिनु पर्दछ । धर्म निरपेक्ष राज्यको विकल्प होइन, बरु त्यसको रक्षाको निम्ति क्रान्तिकारी देशभक्त, लोकतान्त्रिक र धार्मिक सद्भाव पक्षधरहरुले दृढतापुर्वक लाग्नु नै अहिलेको आवश्यकता हो । कम्युनिष्टको सामान्य नैतिकता हुनेले यो विषयमा खेलाँची गर्नु हुँदैन । सबैलाई चेतना भयो । साभार ः ह्याउँ निभाः वर्ष १० पूर्णाङंक ४ कार्तिक २०७८
२०७८।०७।०२

 

प्रतिक्रिया

सम्बन्धित खवर