मार्क्सवादी कवि मित्रलाल पंज्ञानीलाई मातृशोक

मार्क्सवादी कवि मित्रलाल पंज्ञानीलाई मातृशोक

काठमाडौं/अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय उपाध्क्ष र अखिल नेपाल लेखक सङ्घका केन्द्रीय अध्यक्ष तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्यसचिव समेत रहनुभएका वरिष्ठ माक्सवादी कवि मित्रलाल पंज्ञानीलाई यतिवेला मातृशोक परेको छ ।

लामो समयसम्म अस्पतालमा उपचार गराइरहनु भएकी आमा खिनाकुमारी पंज्ञानी ८१ वर्षको उमेरमा हिजो सहिद गंगालाल अस्पतालमा निधन भएको हो । उहाँको जन्म वि.सं. १९९७ भदौ ५ गते भएको वक्तव्यमा जनाइएको छ । लामो समयदेखि मुटु तथा नसाको समस्याले पीडित भई उपचार गराइरहनु भएको कुरा छोरा मित्रलाल पंज्ञानीले जानकारी गराउनु भएको हो ।

उहाँको निधनमा आज अखिल नेपाल जनसांस्कृतिक महासङ्घ तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानका तर्फबाट छुट्टाछुट्टै वक्तव्य जारी गरेर मृतक आमाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । मृतक आमाका जेष्ठ सुपुत्र मित्रलालसहित छ जना छोरा र पाँच जना छोरी रहेको वक्तव्यमा जनाइएको छ । यस मुलबाटो अनलाइनका स्तम्भकार समेत रहनु भएका कविवर मित्रलाल पंज्ञानीको आमाको निधनप्रति मुलबाटो परिवार भावपूणर् श्रद्धाञ्जली व्यक्त गर्दै शोकको यस दुःखद घडिमा पंज्ञानी परिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।