काठमाडौं । कमरेड भक्तबहादुर श्रेष्ठको १० औं स्मृति दिवस भव्य रुपमा मनाइएको छ । भक्तबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानको हलमा स्मृति दिवस भव्य रुपमा सम्पन्न गरिएको हो ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता भक्तबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष सीपी गजुरेलले गर्नुभएको थियो ।
कार्यक्रममा महासचिव किरण, प्रतिष्ठाका अध्यक्ष गौरव लगायत पार्टी पीवीएम दिनेश शर्मा सागर, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले कमरेड भक्तबहादुर श्रेष्ठले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदान र उहाँको जीवन र कर्मबाट क्रान्तिकारीहरुले सिक्नुपर्ने विषयहरुका बारेमा चर्चा गर्नुभएको थियो ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलको सञ्चालनमा सम्पन्न कार्यक्रमको सुरुमा प्रमुख अतिथि लगायत अतिथि तथा सहभागिहरुले कमरेड भक्तबहादुर श्रेष्ठको फोटोमा माल्र्यापण र मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा उपस्थित चर्चित क्रान्तिकारी कवि बलराम तिमिल्सिना नेकपा (क्रान्तिकारी माओवादी)मा ध्रुवीकृत हुनुभयो । उहाँलाई महासचिव किरणले पार्टीमा स्वागत गर्नुभयो ।