बुर्जुवा पार्टीहरुमा एकले अर्कालाई गद्दार करार गरेको अक्सर देखिदैन । तर कम्युनिस्ट आन्दोलनमा गद्दार शब्दको निक्कै दवदवा रहेको पाईन्छ । कम्युनिस्ट पार्टीमा हिजो संगै काम गरेको मान्छे आज गद्दार करार गरिन्छ र आज संगै काम गरिरहेको मान्छे भोलि गद्दार करार हुनसक्दछ । यसको कारण हो बर्ग परिवर्तन । अर्थात सर्वहारा वर्गीय बिचार, द्रिस्तिकोण र आचरण, बानि ब्यबहारमा स्खलन । बुर्जुवा पार्टीको प्रतिवद्ध नेता कार्यकर्ता कम्युनिस्ट पार्टीमा सजिलै फिट हुदैन त्यसैले उ सजिलै कम्युनिस्ट बन्दैन, बन्न सक्दैन । तर कम्युनिस्ट पार्टीको नेता कार्यकर्ता बिचार द्रिस्तिकोण वाट स्खलित भैसके पश्चात बुर्जुवा बन्छ र उ बुर्जुवा पार्टीको सजिलै नेता, कार्यकर्ता बन्न सक्छ । त्यसकारण गद्दारीका घटना र गद्दारीका आरोप पत्यारोप बुर्जुवा पार्टीमा कम र कम्युनिस्ट पार्टीमा बढी सुन्न पाईन्छ । वास्तवमा गद्दार भनेको के हो ? कम्युनिस्ट पार्टी संग यसको अन्तर सम्बन्ध बढी किन हुन्छ ? यो चासोको प्रश्न हो ।

सामान्यतया निश्चित लक्ष, उद्देस्य बोकेर संगै जुटिरहेका मान्छेहरु मध्य एकाध व्यक्ति या समुह पुर्व घोषित लक्ष ,उद्देस्य वाट बिचलित भै आफ्नो पुर्व लक्ष उद्देस्यका बिरुद्ध केन्द्रित हुनुलाई गद्दारी भनिन्छ । कहिलेकाही संगठनका बहुमत व्यक्तिहरुमा बिचलन आय पश्चात ति व्यक्तिहरुले सिंगो संगठनलाई नै लक्ष,उद्देस्य बिपरित गलत दिशातिर दो–याई रहेकाहुन्छ्न त्यसलाई पनि गद्दारी नै भनिन्छ । र त्यसका बिरुद्ध लक्ष उद्देस्यमा प्रतिवद्ध एकाध ब्यक्ति या समुहले घोषित लक्ष,उद्देस्यको रक्षार्थ बिद्रोह गर्दछन । सरल शव्दमा भन्नुपर्दा आफ्नो वर्ग माथि घात गर्ने र आफ्नै घोषित लक्ष, उद्देश्यका बिरुद्ध गतिबिधि गर्नेहरुलाई नै गद्दार भनिन्छ ।
अवस्य यदि कसैले कम्युनिस्ट पार्टीको लक्ष उद्देस्य बाट बिचलित भएर प्रतिक्रियावादी पार्टीको लक्ष उद्देस्य लाई अँगाल्छ । यदि कसैले कम्युनिस्ट संस्कार ,संस्कृति नैतिकता आचरण र बानि ब्यबहार बाट स्खलित भएर बुर्जुवा संस्कार ,संस्कृति नैतिकता आचरण र बानि ब्यबहार अँगाल्छ । र यो या त्यो विभिन्न नाम बाट या कम्युनिस्टकै नाम बाट कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको लक्ष उद्देस्य र कम्युनिस्ट संस्कार ,संस्कृति नैतिकता आचरण र बानि ब्यबहारका बिरुद्ध धावा बोल्छ भने कम्युनिस्टको निम्ति त्यही हो गद्दार,त्यही हो गद्दारी ।

विश्व कम्युनिस्ट आन्दोलनमा गद्दार शव्दको प्रयोग कहिले देखि सुरु भयो ? र कस्तो अवस्थामा यो शव्दको प्रयोग भयो ? अवस्य यो पनि जिज्ञासाको बिषय हुनसक्दछ । ईतिहासलाई सरसर्ती हेर्दा सन् १८४८ मा कम्युनिस्ट घोषनापत्रको जन्म भएर कम्युनिस्ट आन्दोलनको उत्पत्ति भएदेखिनै आन्दोलनमा धोका–घडी ,घात–प्रतिघात र गद्दारीका घटनाहरु घटिरहेका भेटिन्छन । फलस्वरूप जन्मकाल देखीनै विश्व कम्युनिस्ट आन्दोलनमा गद्दार शव्दको प्रयोग हुदै आएको देखिन्छ । वर्न स्टाइन,काउत्स्की , खुरुस्चोभ ,ब्रेजेनेभ ,गोर्वाचोभ र टिटो देखि तेङ् सम्म आइपुग्दा कम्युनिस्ट आन्दोलनलाई घात गर्ने ,पथभ्रस्ट पार्ने र गद्दारी गर्नेहरुको लावा लस्कर देखिन्छ । उनीहरुले कम्युनिस्ट सिद्धान्त,बिचार र दृस्टीकोणको अपव्याख्या गरे । उनीहरुले कम्युनिस्ट आन्दोलनलाई सर्वहारावर्गको हित बिपरित पुजीपति वर्गको सेवामा समर्पित गर्न खोजे । उनीहरु र त्यस अघिका गद्दार हरुका बिरुद्ध मार्क्स,एंगेल्स,लेनिन,स्टालिन र माओ लगायतका क्रान्तिकारीहरुले निर्मम संघर्ष गर्नुभयो ।
संघर्षकोक्रममा नै मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओले उनीहरुका बिरुद्ध थुप्रै शव्दहरु खर्च गर्नुभयो । यहि परिस्थितिमा गोथा कार्यक्रमको आलोचना,ड्युरिंग मत खण्डन ,दर्शनको दरिद्रता ,भौतिकवाद र अनुभवसिद्ध आलोचना आदि विस्वप्रशिद्ध रचनाहरु प्रकाशित भए । कार्ल काउत्स्कीका बिरुद्ध महान लेनिनले मुखै फोरेर ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की‘ नामक पुस्तक नै लेख्नुभयो । सर्वहारा अधिनायकत्वको बिरोध गर्दै पुजीपतिहरुको अधिनायकत्वको समर्थन गर्ने काउत्स्कीको मार्क्सवाद बिरोधि हर्कतहरुको उक्त पुस्तक मार्फत लेनिनले धज्जी उडाउनुभयो । कम्युनिस्ट आन्दोलन प्रति गद्दारी गर्नेहरुनै कम्युनिस्ट आन्दोलनका गद्दार हुन् भन्ने कुरामा मार्क्स देखि माओसम्म सबैको एकमत भएको पाईन्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा गद्दारी र गद्दारहरुको थुप्रै उदाहरण छन् । केशरजंग रायमाझीले आफु कम्युनिस्ट पार्टीको महासचिव हुदा पार्टीलाई दरवारमा बुझायर नेपालको कम्युनिस्ट पार्टी र सर्वहारावर्ग प्रति सवभन्दा पहिलो पटक गद्दारी गरेको देखिन्छ । त्यसपछि मार्क्सवादको आधारभूत सिद्दान्त शसस्त्र संघर्षको अनिवार्यतालाई कुल्चेर मन मोहन अधिकारीले शान्तिपूर्ण संसदीय राजनीति गर्ने व्यहोरा सहितको बिन्तीपत्र दरवारमा चढाएर दोस्रो पटक गद्दारी गरे । ०२८ सालको क्रान्तिकारी झापा आन्दोलन प्रति आत्मालोचित हुदै वर्गसंघर्षको नीतिलाई परित्याग गरेर वर्ग समन्वयको नीति अङ्गीकार गर्दै शान्तिपूर्ण आन्दोलनमा ओर्लेर तत्कालिन क्रान्तिकारी झापा आन्दोलनका नेताहरु सिपी मैनाली ,आरके मैनाली ,के.पी. ओली आदिले नेपालको कम्युनिस्ट आन्दोलन ,नेपाली किशान,मजदुर र झापा आन्दोलनका शहिदहरुको सपना माथि तेस्रो पटक गद्दारी गरे । ०५२ देखि ०६२ सम्मको महान जनयुद्धको मुल्य र मान्यता बिपरित हजारौ शहिदहरुको सपना माथि घात गर्दै प्रचण्ड–बाबुराम एण्ड कम्पनीले कथित शान्ति सम्झौताको नाममा नेपालको कम्युनिस्ट आन्दोलनमा चौथो पटक अर्को गद्दारी गरे ।
उनीहरुले नेपाली जनताका जनसत्ता (जनसरकार ,जन अदालत ,जनसेना ) लाई धोस्त पारेर आफु प्रतिक्रियावादी सत्तामा सामेल हुन पुगे ।
नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका यसप्रकारका गद्दारीका बिरुद्ध क्रान्तिकारीहरुले निरन्तर संघर्ष गर्दै आएको देखिन्छ । पुष्पलाल श्रेष्ठ ,भक्त बहादुर श्रेष्ठ ,निर्मल लामा,मोहन वैध ’किरण’, सिपि गजुरेल ’गौरव’ मोहन बिक्रम सिंह आदि नामहरु नै त्यसप्रकारका संघर्षमा सधै देखिने नामहरु हुन । नेपालको कम्युनिस्ट आन्दोलनमा आज एउटा क्रान्तिकारी हिस्साको राम्रै उपस्थिति देखिनुमा उहाहरुको महत्वपूर्ण योगदान रहेको छ । त्यसोत संघर्षकै क्रममा चौथो महाधिवेशन कालमा मोहन बिक्रम सिंहले आनन्द बहादुर छदम नाम वाट ‘गद्दार पुष्पलाल’ नामक पुस्तक लेख्नुभयो । पुष्पलालको नेपाली कांग्रेसलाई हेर्ने दृस्टीकोण लाई आधार मानेर लेखिएको उक्त पुस्तक केहि समय सम्म चौथो महाधिवेशनको आधिकारिक दस्तावेजनै बन्यो । उक्त पुस्तकको वारेमा पार्टी भित्र बाहिर बहस र आलोचना भए पश्चात मोहन बिक्रम सिंहले पुस्तक भित्र लेखिएको चिजहरु सारमा ठिक भएपनि पुस्तकको नाम चयनमा गल्ति भएको भन्दै आत्मालोचना गरेका थिए ।
नेपालको राजनैतिक क्षेत्रमा पछिल्लो चरण सम्म आउदा गद्दार शव्दलाई गलत ढंगले प्रयोग गर्न थालेको देखिन्छ । कुनै व्यक्तिले कुनै संगठन संग सम्बन्ध बिच्छेद गर्ने बित्तिकै उसलाई गद्दारको पगरी गुथाउन खोजिनु ठिक होईन । व्यक्तिले संगठन संग सम्बन्ध जोड्नु र तोड्नु भदा पनि लक्ष ,उद्देस्य,सिद्धान्त ,बिचार ,द्रिस्तिकोणमा अडिग रहनु र बिचलित हुनु मुख्य कुरा हो । लक्ष ,उद्देस्य,सिद्धान्त ,बिचार ,द्रिस्तिकोणमा बिचलित भैसकेका व्यक्ति संगठनमा जोडीईरहनु औचित्य हुदैन । लक्ष ,उद्देस्य,सिद्धान्त ,बिचार ,द्रिस्तिकोणमा दृढ व्यक्ति कारणवश संगठन वाट उछित्तिय पनि आन्दोलन प्रति दृढ रहन सक्दछ । आन्दोलन प्रति दृढ रहदासम्म उ गद्दार बन्दैन ।
कहिलेकाही बजारमा राम बहादुर थापा ‘बादल’को चर्चा चलेको सुनिन्छ । भनिन्छ ,माके महाधिवेशनमा पनि बादललाई गद्दार घोषणा गर्न माग भयोअरे । त्यसअघि पनि त्यो माग नआएको होईन । माग दावी गर्नेहरुका अनुसार बादलले जुनदिन माके छोडेर एमालेमा गए त्यहीदिन देखि उनि गद्दार भए । त्यस अघि उनि क्रान्तिकारी थिए ,यो गलत बुझाई हो । बादलले कुनैदिन प्रचन्डलाई लाल गद्दार करार गर्दै क्रान्तिकारी माओवादीमा धुर्विकृत भएका थिए । लगत्तै उनले मिलेरांवाद नै आजको मार्क्सवाद हो भन्दै आफै लाल गद्दार घोषणा गरेका प्रचण्डको नेतृत्व स्वीकार गर्दै माकेमा फर्कियका थिए । हो, त्यही दिन देखि उनले कम्युनिस्ट पार्टी र सर्वहारावर्ग प्रति गद्दारी गरेका थिए । मिलेरांवादमा पतन नै बादलको गद्दारीको कारक हो क्रान्तिकारी माओवादी या माके वाट अलग हुनु होइन ।
अर्कोकुरा बादललाई गद्दार घोषणा गर्न माग गर्ने मित्रहरुको सैदान्तिक,बैचारिक र सांगठनिक धरातल के हो ? त्यो कुरालेपनि बादल सम्बन्धि उहाहरुको माग सहि या गलत के हो पुस्टि गर्दछ । बादल र उहाहरुको सैद्दान्तिक ,बैचारिक र राजनैतिक धरातलमा भिन्नता छ । उहाहरुले क्रान्तिकारी सिद्दान्त,बिचार र राजनीतिमा अडान राखिरहनु भएकोछ । उहाहरुको संगठन क्रान्तिकारी संगठन हो । उहाको नेतृत्व क्रान्तिकारी हो भने उहाहरुको माग जायज हुन्छ । तर उहाहरुको सैद्दान्तिक ,बैचारिक र राजनैतिक धरातल बादलको भन्दा बेग्लै छैन । उहाहरु आफै क्रान्तिकारी सिद्दान्त,बिचार द्रिस्तिकोण बाट बिचलित भैसक्नु भएको छ । उहाहरुको संगठन र नेतृत्व क्रान्तिकारी होईन भने उहाहरुको माग गलत ठहर्छ । त्यस्तो भयो भने तै रांड र मै रांड को कथा जस्तै हुन्छ । अवसरवादको दलदलमा बसेर अर्कोलाई अवसरवादी करार गर्नु , गद्दारीको दलदलमा बसेर अर्कोलाई गद्दार करार गर्नु राम्रो होईन । यसको मतलव बादल गद्दार होईनन क्रान्तिकारी हुन् भन्ने होईन । क्रान्तिकारी कम्युनिस्टको आँखा वाट हेर्दा बादलले पनि प्रचण्ड–बाबुरामले जस्तै क्रान्तिकारी लक्ष, उद्देस्य संग घात गरिसकेकाछन ,क्रान्तिकारी सिद्दान्त, विचार र दृष्टिकोणवाट बिचलित भैसकेका छ्न र प्रतिक्रियावादी कित्तामा पुगिसकेका छ्न । यसमा कुनै शंका छैन ।
































