काठमाडौं । ‘राष्ट्रघाती एमसीसी सम्झौता संसद्को कार्यसूची बन्न नदिन यही पुस १८ गते हुने विरोध प्रदर्शनमा सहभागी बनौं !’ भन्ने आव्हानका साथ २२ वटा राजनीतिक संगठनले विराेध प्रदर्शनकाे घाेषणा थरेका छन् ।
नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् सङ्घर्षका कारण एम.सी.सी. परियोजनाका अधिकारी र नेपाल सरकारका बीचमा गरिएको एम.सी.सी. सम्झौता संसद्बाट अनुमोदन गर्ने योजनाले आजसम्म मुर्तरुप लिन नसकेकाे उल्लेख गर्दै २२ वटा राजनीतिक संगठनकाे तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जारी गर्नु भएकाे प्रेस वक्तव्यमा अमेरिकी सरकारबाट नेपाल सरकार र
संसद्मा भएका पार्टीहरुमाथि दबाव दिने काम निरन्तर जारी रहेकाे बताउनु भएकाे छ ।
वक्तव्यमा यो क्रम पुस १८ गतेको संसद् बैठकका दौरानमा पनि जारी रहने भएकाले ‘राष्ट्रघाती
एम.सी.सी. सम्झौता संसद्को कार्यसूची बन्न नदिन’ उक्त दिन २२
राजनीतिक दल÷सङ्गठनहरुद्वारा विरोध प्रदर्शनको आयोजना गरिएको जनाइएकाे छ । वक्तव्यमा साे कार्यक्रममा सक्रियरुपमा सहभागी भई कार्यक्रमलाई शानदाररुपमा सफल
पार्नका लागि आम जनसमुदायलाई आह्वान समेत गरिएकाे छ ।
विराेध कार्यक्रम २०७८ पुस १८ गते आइतबार दिनको १२ बजे
माइतीघर मण्डलामा गरिने उल्लेख गरिएकाे छ ।
कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक दल÷सङ्गठनहरुमा
१. नेकपा (क्रान्तिकारी माओवादी) २. नेकपा (मसाल) ३.नेकपा (माले) ४. नेपाल कम्युनिस्ट पार्टी ५. राष्ट्रिय जनमोर्चा ६. देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपाल ७. नेपाल कम्युनिस्ट पार्टी, ८. नेकपा (माओवादी केन्द्र समाजवादी) ८. नेकपा (माओवादी मोर्चा) १०. राष्ट्रिय जागरण मञ्च ११. जनसमाजवादी पार्टी १२. नेकपा (संयुक्त) १३. राष्ट्रिय जागरण परिषद्, नेपाल १४. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी १५.
नेकपा (बोल्शेविक) १६. एम.सी.सी. खारेज अभियान १७. पुष्पलाल अध्ययन समाज १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) १९. माक्र्सवादी एकता अभियान २०. नेकपा (माक्र्सवादी) २१. नेकपा माक्र्सवादी (पुष्पलाल), २२.समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन्।




























