कपिलबस्तु । क्रान्तिकारी पत्रकार महासंघ कपिलबस्तुको दोस्रो भेलाले अध्यक्षमा इन्दिरा खनाललाई चयन गरेको छ ।


जिल्लाको बाणगङगास्थित कोइली बनगाईमा सम्पन्न भेलाले इन्दिरा खनालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।
जनपक्षीय तथा क्रान्तिकारी पत्रकारहरुको साझा सङ्गठन महासङघले संगठन बिस्तार तथा सुदृढ अभियान अन्तर्गत भेला गरेको संगठनका केन्द्रीय महासचिव रवि पाण्डेयले जानकारी दिनुभयो ।

महासचिव पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले जिल्ला समितिको उपाध्यक्ष अमृता थारु; सचिव निकिता केसी, सहसचिव अनिता जिसी र कोषाध्यक्षमा पुजा भुसाललाई निर्वाचित गरेको छ ।


भेलाले सदस्यहरुमा यादव उप्रेती, संगीता कुँबर, अस्मिता बिस्ट, अमृता भट्टराईलाई चयन गरेको छ ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय महासचिव रवि पान्डेयले पत्रकारहरु प्रचारकर्ता संगठनकर्ता र आन्दोलनकर्ता रहेको बताउनुहुँदै जनपक्षीय पत्रकारको अब्बल संगठन क्रान्तिकारी महासङ्घ रहेको र श्रमजीविहरुको सच्चा पहरेदारको रुपमा अगाडि बढेको बताउनु भएको थियो ।

भेला कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) पोलिट्ब्युरो सदस्य एवं प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले रास्ट्रियता, जनतन्त्र र जनजीबिकाको पक्षमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो । अर्का पिबिएम तथा कपिलवस्तु इन्चार्ज धनेश्वर पोखरेल, देजमोमा अध्यक्ष ज्ञानिराम पुरी लगायत नेताहरुले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सदस्य तुलसीराम पोखरेल, अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश सदस्य मनोज थापालगायतको समेत आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर