
अमृता थारु कपिलवस्तु : कपिलवस्तुको बाणगङगा – ६ कोइली बनगाइमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तरगत मजदुर संगठन र रास्ट्रिय उद्योग तथा ब्यापार महासघको संगठन बिस्तार गरिएको छ । ट्रेड युनियनमा कवाड संकलन केन्द्रका मजदुर बिष्णु प्रसाद चौहानको अध्यक्षमा ९ सदस्यीय इकाई समिति गठन भएको छ । समितिको सचिबमा रिजवान कुजडा र सदस्यहरुमा साजनलाल यादव ; अख्तर कुजडा; राइनी कुजडा ; रामशन्कर यादव ; मनिराम चौहान ; धर्मेन्द्र गुप्ता र बर्साती तेलि रहनुभएको छ । त्यस्तै व्यापार संगठन अन्तरगत औँठी व्यापार संगठन सकिउल्लाह अन्सारीको संयोजकत्वमा ५ सदस्यीय इकाई कमिटी गठन गरिएको छ । समितिको सदस्यमा मुस्लिम मिया अन्सारी ; नैनुल्लाह मिया ; करमुल्लाह मिया र रफिक मिया रहनुभएको छ । भेलामा नेकपा क्रान्तिकारी माओवादी पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपाने र अर्का पोलिट्ब्युरो सदस्य तथा कपिलवस्तु इन्चार्ज धनेश्वर पोख्रेलले प्रशिक्षण दिनु भएको थियो ।त्यस्तै बाणगङगा बहुमुखी क्याम्पसमा नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी )ले पुजा परियारको अध्यक्षतामा १३ सदस्यीय क्याम्पस इकाई समिती गठन गरेको छ ।समितिको उपाध्यक्षमा शर्मिला बेल्वासे सचिवमा सुमित्रा बेल्वासे सहसचिव सुमित्रा आचार्य कोसाध्यक्षमा अस्मिता सुनार सदस्यमा सुनिता बेल्वासे ; बिमला अधिकारी ; संगीता बन्जाडे ; कौसिल्या गैरे ; रमा भट्टराई ; उषा अधिकारि र कबिता पोख्रेल रहनु भएको छ ।कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपाने र अर्का पोलिट्ब्युरो सदस्य धनेस्वर पोखरेल ले प्रशिक्षण दिनुभएको कार्यक्रममा अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश सदस्य मनोज थापाले सहजीकरण गर्नु भएको थियो ।
