
पौष ९ सिन्धुली ।
सिन्धुली जिल्लामा नेकपा(क्रान्तिकारी माओवादी)निकट अखिल नेपाल किसान महमसंघ (क्रान्तिकारी), क्रान्तिकारी युवालिग नेपाल र नेपाल दलित मुक्ति मोर्चाको संयुक्त जिल्ला भेलाहरु सम्पन्न गरी निम्नअनुसारका जिल्ला समितिहरु गठन भएका छन् ः
अखिल नेपाल किसान महसंघ (क्रान्तिकारी) सिन्धुली जिल्ला समिति बालकृष्ण थापाको
संयोजकत्वमा निम्न सदस्यहरु रहने गरी गठन गरिएको छ, जसमा गोरखबहादुर बुढाथोकी, वेदबहादुर थापा, गोपाल विक , सन्तोष बुढाथोकी, राजन चुहान , चैमली पोखरेल, शिव कामी र अदल विक हुनुहुन्छ ।
त्यसैगरी क्रान्तिकारी युवालिग नेपाल जिल्ला समिति सिन्धुलीको गठन गरिएको छ, जसमा संयोजक कृष्ण राई , सदस्यहरु राजु परियार, चक्र परियार, विशाल स.न्चुरी, सरोज विक, विजय जिन्वा काजीमान विशंखे, निरोज विक र हरी महत भएको जिल्ला समिति गठन भएको छ ।
नेपाल दलित मुक्ति मोर्चा जिल्ला समिति सिन्धुलीको पनि जितबहादुर नेपालीको
संयोजकत्वमा महाविर बयलकोटी, डिल्लीे, विरबहादुर विक, सन्तोष विक, संगीता बोलैन्जे, अमर परियार, पुष्पलाल नेपाली , जगत विक,अमृत सदस्य हुनुहुन्छ ।
उक्त संयक्त भेलामा अखिल नेपाल किसान महमसंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामांगले प्रशिक्षणमूलक भनाइहरु राख्दै शूभकामना मन्तव्य दिनुभएको थियो भने पार्टी केस तथा जिल्ला इन्चार्ज जीवनले प्यानल प्रस्ताव राखी पारित भएपछि तीनवटै जिल्ला समितिहरुलाई उनीहरुको काम कर्तव्य वारे प्रष्ट पार्दै बधाइ दिनु भयो ।




उक्त कार्यक्रममा जिल्ला पार्टी सेक्रटरी सुवर्ण, ३ नं.प्रदेश सल्लाहकार इन्दीरा रायमाझी ..उपस्थिती थियो । उक्त भेलामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का ३ नं. प्रदेश संयोजक शेखर आचार्य, युवाका प्रदेश संयोजक केशब ढलकोटी र देजमो जिल्ला अध्यक्ष ढकप्रसाद देवकोटाको पनि उपस्थिति थियो ।