नेकपा(क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिव्दारा सिन्धुलीमा एमसीसीको विरोधमा कोणसभा सम्पन्न

नेकपा(क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिव्दारा सिन्धुलीमा एमसीसीको विरोधमा कोणसभा सम्पन्न


पौष ९ सिन्धुली ।
नेकपा(क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिले सिन्धुली माडी बजारमा पौष ९ गते दिनको ३ बजे विरोध कोणसभा सम्पन्न गरेको छ । उक्त कोणसभामा अखिल नेपाल किसान महमसंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामांग र पार्टी केसस तथा जिल्ला इन्चार्ज जीवनले एमसीसीका बारेमा प्रष्ट पार्दै साम्राज्यवादी अमेरिकाले लादेको राष्ट्रघाती एमसीसी खारेज गर्न संघर्ष गनु पर्ने वारेमा प्रकाश पार्नु भएको थियो ।


उक्त विरोधसभाको सञ्चालन देजमो नेपाल सिन्धुली जिल्ला अध्यक्ष ढकप्रसाद देवकोटाले गर्नु भएको थियो ।