चार नम्बर जितपुर : अखिल क्रान्तिकारीले सङगठ्न बिस्तार तिब्र बनाएको छ । सिद्धार्थ बहुमुखी क्याम्पस बाणगङगामा राम कृष्ण थारु अध्यक्ष; उपाध्यक्ष अमृता थारु , सचिव- बन्दना भैइया सहसचिव- प्रेम कुमार थारु कोषाध्यक्ष :- निकिता के.सी सदस्यहरूमा सरिता यादव निशा थारु रहेको इकाइ गठन गरेको हो । उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का प्रदेश सदस्य मनोज थापा, लगायतका नेताहरुकाे उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) प्रदेश सदस्य थापा ले अतिक्रमित नेपाली भुमि फिर्ता, एमसीसी खारेजी, शिक्षा-स्वास्थ्य क्षेत्रका विकृति विसंगती, महंगी, भ्रष्टाचार लगायतका विषयलाई लिएर संगठन निरन्तर संघर्षकाे मैदानमा रहेकाे चर्चा गर्दै आम सचेत युवा विध्यार्थीहरु अब चुप लागेर बस्न नहुने बताउनु भयाे । प्रदेश सदस्य थापाले विद्यालय, क्याम्पसमा हुने भ्रष्टाचार, अनियमितता, ढिला सुस्ती लगाउत तमाम बेथितिका विरुद्द संघर्ष गर्ने बताउनु भएको छ ।
उहाँले संगठन र संघर्षलाई जिल्लाका सबै स्कुल क्याम्पसहरुमा एक साथ अभियानकाे रुपमा ससञ्चालन गरिने पनि बताउनु भयाे ।































