
कपिलवस्तु ८ पौष : बाणगङ्गा – ६ गणेशपुरमा जमुना गन्धर्बको अध्यक्षतामा ९ सदस्यिय अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) टोल समिति गठन भएको छ । समितिको सचिवमा सिर्जना गन्धर्व, र सदस्यहरुमा इशा गन्धर्व , गिता गन्धर्व , शुशिला गन्धर्व , लक्ष्मी गुरुङ , अमृता गन्धर्व , सिर्जना वि. क , सम्झना गन्धर्व रहनु भएको छ । उक्त क्रार्यकममा नेकपा (क्रान्तिकारी माअोवादी) पि बि एम तथा कपिलवस्तु इन्चार्ज धनेश्वर पोखरेल अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य निम कला पुनले प्रशिक्षण दिदै महिला मुक्ति आन्दोलनमा लाग्न निर्देशन गर्नुभएको थियो ।
