बुटवल ७ पौष : जनपक्षीय एवं क्रान्तिकारी पत्रकारहरुको साझा संगठन क्रान्तिकारी पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समिति अन्तरगत जिल्ला जिल्लामा संगठन बिस्तार अभियान शुरु गरिएको छ । संगठनले प्रदेशका १२ वटै जिल्लामा भेला तथा सम्मेलन गरेर प्रदेश सम्मेलन गर्नका लागि संगठन बिस्तार अभियान तिब्र बनाएको महासंघका महासचिव एवं प्रदेश संयोजक रवि पान्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार पौष ९ गते कपिलवस्तुको कोइली बनगाइमा कपिलवस्तु जिल्लाको दोस्रो भेला हुने भएको छ । कपिलवस्तुको जिल्ला भेलाको तयारी पूरा भएको महासंघले जनाएको छ । त्यस्तै बाके जिल्ला भेला पौष ११ र दाङको भेला १३ गते हुने तयारी गरिएको उहाँले बताउनुभयो । भेलाबाट जिल्ला समिती गठ्न भएका जिल्लामा भने सम्मेलन गर्ने योजना रहेको जनाइएको छ ।” पश्चिम नवलपरासी ; रुपन्देही र बर्दियामा जिल्ला सम्मेलन गरिनेछ “- उहाँले भन्नुभयो -“यहि महिना भित्र प्रदेशका सबै जिल्लामा गठन पुनर्गठन सम्पन्न हुन्छ । सोही अनुसार प्रदेशमा संगठन क्रियाशिल छ ” । त्यस्तै प्युठान; अर्घाखाँची ; रोल्पा; पाल्पा र गुल्मीमा समेत सङगठनले जिल्ला भेलाको तयारी गरेको जनाएको छ । प्रदेशमा भेला सम्मेलन संगै संघर्षका कार्यक्रम समेत तय गरिने महासङ्घले जनाएको छ ।