एमसीसी र स्वाधिनता

एमसीसी र स्वाधिनता


एमसीसी के हो ?
उच्च पदस्त नेता तथा सरकारी कर्मचारीहरु भन्छन ‘‘.
६३० मिलियन अमेरिकी डलरको परियोजना हो रे एमसीसी !
१३०मिलियन डलर नेपाली र ५०० मिलियन अमेरिकन अनुदान हो रे एमसीसी !
४०० केभि बिधुत र ३०२ किमि सडक बिकासमा आउदैछ रे एमसीसी ।
आर्थिक सम्बृद्धी गरि गरीवी न्युनिकरण गर्ने परियोजना हो रे एमसीसी ।

तर नागरिक अगुवा, पत्रकार तथा बुद्दिजीवीहरु भन्छन‘.
नेपालको कानुन भन्दा माथी हुन आउदैछ एमसीसी ।
नेपालको सम्विधान भन्दा माथीहुन आउदैछ एमसीसी ।
इण्डोप्यासिफिक रणनिति कै अंग हो एमसीसी ।
नेपाललाई अचानो बनाएर चिन हान्ने रणनिति हो एमसीसी ।
भारतलाई केन्द्र विन्दुमा राखेर चिनलाई घेराबन्दी गर्ने विचार हो एमसीसी ।

बुद्दिजीवीहरु अगाडी भन्छन
परियोजनाको नेपाली भुभागमा नेपाल बोल्नै नपाउने रे ।
परियोजनका बौद्दिक सम्पतिमा नेपालको अधिकारै नहुने रे ।
नेपालमा संचालन गर्ने आयोजना बारे भारतको अग्रिम सहमती चाहिने रे ।
एमसीसी र नेपालको कानून बाझेमा एमसीसी कानून सकृय हुने रे ।
परियोजनाको लेखापरिक्षण अमेरिकी एमसीसी बाटै हुने रे ।
तसर्थ राष्ट्रिय गौरवको आयोजना कसरि हुन सक्छ एमसीसी ।
बास्तवमा नेपालमा असनको सांढे हुन आउदैछ एमसीसी ।

एमसीसी मा के छ ?
एमसीसीको धाराहरुमा लेखेको भन्दा दफा र अनुसुचीहरुमा कपटिपुर्ण चाल छ ।
धारा ३ को दफा ३ मा बौद्दिक सम्पतिमा अमेरिकाको पुर्णाअधिकार छ ।
धारा ३ को उपदफा ८ मा परियोजनाको लेखापरिक्षण अमेरिकी कम्पनीले गर्ने छ ।
धारा ५ को क÷ख मा नेपालको राष्ट्रिय कानून बाझिएमा पनि एमसीसी नै लागुहुने छ ।
अनुसुची १ मा परियोजनमा राज्यका निकायहरु खटाउदा एमसीसीको पुर्व स्वीकृती लिनु पर्नै छ ।
एमसीसीले चाहेमा बिनाकारण सम्झौता रद्द गर्न सक्ने छ ।

जनताको भनाई
यदी विना सर्त बिदेशी सहायत मात्र हो भने
अर्थ मन्त्रालयद्धारा सम्झौता गरेर लागु गर ।
तर संसदको छलफलमा लग्नु हुदैन एमसीसी
संसदमा पारित गर्नु त हुदै हुदैन एमसीसी ।
नेपालको कानून र संविधान भन्दा माथि त कहिल्यै हुदैन एमसीसी ।
जबर्जस्ती शर्त सहितको रकम कहिलै अनुदान हुंदैन
स्वाभिमानमा आंच पुर्याउदै नाजायज फाइदा लिनु हुदैन ।
अनुदान लिएर मात्र देश कहिल्यै स्वाभिमान र आत्मनिर्भर बन्दैन ।
बल मिच्च्याइ द्धारा ५५ अर्वमा चाकडि गर्नु र भाडभैलो निम्त्याउनु हुंदैन ।
एमसीसीले दुर्घटना नल्यावस सांसदहरुमा सदबुद्धी पलाओस

तर ए नेताहरुहो तिम्रो बुद्दी काहां पलाउला र
गण्डक सम्झौता गर्दा पलायो कि ?
कोसी सम्झौता गर्दा पलायो ?
टनकपुर तथा महाकाली सम्झौता गर्दा बेच्दा पलायो कि ?
यि सम्झौता गर्यौं नेपाली जनताले के पायो ?
आखिर जनताले सवै ठांउ गुमाए, देशले धोकैधोका खायो ।
तिमिहरुलाई त सत्ताको मात मात्र लागेको छ ।
केहि देख्दैनौ, केहि सुन्दैनौ, केहि बुझ्दैनौ ।
ए भ्रष्ट नेताहरु हो !
चप्पलबाट पजेरोमा पुग्यौ, छाप्रोबाट राजधानीमा महल बनायौं ?
भष्ट्राचार गर्ने गराउने मतियार आफै छौ अनि सधाउछौ कति ।
स्वदेश र विदेशका माफिया र दलाललाई करछल्न लगाउदै विग्रेकोछ तिम्रो मती ।
अन्तमा
ए तुच्छ विचारका नेताहरु हो यो देश तिमिहरुको बपौती,पेवा र दाइजो हैन ?
जे मन लाग्यो गर्न, जतापायो त्यतै बेच्न र बन्धक राख्न ।
यो देश त ३ करोड नेपालीहरुको साझा र अटल सम्पती हो .।
हामी त पन्चशिल सिद्दान्त र असंलग्न परराष्ट्र नितिको प्रतिपादक छौं र हौं
अव नेपाली जनतामा जागरण ल्याउनै पर्छ ।
सचेत बनौ सवै नेपाली !
एमसीसी खारेज गर्नै पर्छ ! एमसीसी खारेज गर्नै पर्छ !