सिन्धुली जिल्लामा नेकपा(क्रान्तिकारी माओवादी ) निकट अखिल नेपाल सुकुम्वासी संघ र र दलित राष्ट्रिय मुक्ति मोर्चा को संगठन विस्तार अभियान

सिन्धुली जिल्लामा नेकपा(क्रान्तिकारी माओवादी ) निकट अखिल नेपाल सुकुम्वासी संघ र र दलित राष्ट्रिय मुक्ति मोर्चा को संगठन विस्तार अभियान

पौष ८ सिन्धुली ।
पौष ६ र ७ गते सिन्धुली जिल्लामा नेकपा(क्रान्तिकारी माओवादी ) निकट अखिल नेपाल सुकुम्वासी संघ र र दलित राष्ट्रिय मुक्ति मोर्चा को संगठन विस्तार गरिएको छ । पौष ६ गते अखिल नेपाल सुकुम्वासी संघको सिन्धुली जिल्ला दुधौली नगर इलाका भेला सम्पन्न गरिएको छ ।

सिन्धुली जिल्लामा नेकपा(क्रान्तिकारी माओवादी ) निकट अखिल नेपाल सुकुम्वासी संघ र र दलित राष्ट्रिय मुक्ति मोर्चा को संगठन विस्तार अभियान
भेलाले हर्क राइको संयोकत्वमा दलबहादुर भुजेल, जितबहादुर भुजेल, कुमार सदा, रत्नबहादुर तामांग, बशु सदा र कमलावती सदा सदस्ग रहनेगरी नगर इलाका कमिटी गठन गरेको छ ।

भेलालाई जिल्लामा नेकपा(क्रान्तिकारी माओवादी ) केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज जीवनले सम्वोधन गर्दै सुकुम्वासीका समस्या समाधानको सही मार्ग नेपालमा नयाँ जनवादी क्रान्तिव्दारा मात्र सम्भव छ, त्यसैले नेपालमा नयाँ जनवादी क्रान्तिमा आम गरीव तथा सुकुमवासीको सहभागिता अति जरुरी छ भन्नु भयो ।
त्यसैगरी पौष ७ गते नेकपा(क्रान्तिकारी माओवादी ) निकट दलित राष्ट्रिय मुक्ति मोर्चा दुधौली नगर इकाई भेला सम्पन्न गरिएको छ । भेलाले बीरबहादुर विकको संयोजकत्वमा हर्क विक, कुमार विक, सुमन विक र सोम विक सदस्य रहने गरी नगर इकाई समिति गठन गरिएको छ ।

दुवै भेलामा नेकपा(क्रान्तिकारी माओवादी ) इलाका सेक्रेटरी अटल र देजमो इलाका अध्यक्ष बीरबहादुर बुढाथोकीको उपस्थिति थियो ।