काठमाडौं । रास्ट्रघाती एमसीसी परियोजनाको खरेजीको माग गर्दै बाँकेको कोहलपुरमा विरोधसभा सम्पन्न भएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा भएको विरोधसभालाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेकपा (क्रान्तिकारी माओवादी)का लुम्बिनी प्रदेशका सेक्रेटरी भूपेन्द्र न्यौपानेले सम्बोधन गर्नुभएको थियो ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका बाके जिल्ला सेक्रेटरी कमरेड अनिल, देजमो नेपालका केन्द्रीय सदस्य कमरेड प्रतिज्ञा लगायतका वक्ताहरुले एमसीसी खारेज हुनुपर्छ र यो अमेरिकी सैन्य रणनीति सहितका कुनै पनि सम्झौतामा नेपालमा हुनै हुँदैन भन्ने कुरामा नै जोड दिदै यो प्रयोजना खारेज नहुन्जेल विभिन्न किसिमका संघर्षका कार्यक्रमहरु जारी राख्ने बताउनु भएको थियो ।

२८ गते बिहान करीव ११ बजे शुरु भएको उक्त जुलुस कोहलपुर न्युरोडबाट सुरु भएर साझा चोक परिक्रमा गरी न्युरोडमै कोण सभामा परिणत भएको हो । उक्त कार्यक्रम संचालन नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता कमरेड दीपले गर्नु भएको थियो ।




























