काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठनले एमसीसी सचेतना अभियान थालेको छ । एमसीसी सचेतना अभियानसँगै स्कूल तथा क्याम्पसहरुमा संगठन विस्तारलाई समेत एकसाथ अगाडि बढाएको छ ।

जुद्धोदय पब्लिक हाई स्कुल काठमाडौंमा (अखिल क्रान्तिकारी) ले आज पुस २ गते शुक्रबार बिहान एमसीसी सेचतना अभियान सञ्चालन कार्यक्रम ग¥यो । अखिल(क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष तथा ३ नम्बर परदेश संयोजक शीलु न्यौपानेले दिएको जानकारी आनुसार अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले कार्यक्रमको प्रमुख आतिथिको हैसियतमा राष्ट्रघाती एम.सी.सी सम्झौता नेपालमा पास भयो भने देश रणमैदान बन्ने र नेपाल र नेपालीको अबस्था सारै दर्दनाक हुने र विदेशीहरुको क्रियास्थल बन्ने भएकोले अब विधार्थीहरुले एमसीसीको सशक्त पतिरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) प्रदेश सदस्य मीन गिरी, जे.पी.का ईकाई समितिका अध्यक्ष, उपाध्यक्ष, सचिवहरुको समेत उपस्थितमा राष्ट्रघाती एम.सी.सी सचेतना तथा ईकाइ कमिटि पुनर्गठन गरिएको छ ।

त्यसैगरी, एम.सी.सी सचेतना अभियान अन्तर्गत आजै ललितपुर जिल्लाको वेस्ट विग मा.वि र भ्याली पब्लिक मा.वि.मा पनि कार्यक्रम सम्पन्न गरिएको छ । विधार्थीहरुको उत्साहजनक सहभागितामा सम्पन्न कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले नेपालमा राष्ट्रघाती सम्झौता कुनै पनि हालतमा खारेज गर्नुपर्ने बताउनु भयो । उक्त कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) की प्रदेश सदस्य अर्पणा श्रेष्ठले गर्नु भएको थियो ।




























