दाङमा क्रान्तिकारी माओवादीको एमसीसी खारेजी सभा सम्पन्न

दाङमा क्रान्तिकारी माओवादीको एमसीसी खारेजी सभा सम्पन्न

दाङ घोराही । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी ) दाङ जिल्ला समितिको आयोजनामा दाङको तुलसीपुरमा एमसीसी सम्झौता खारेजीको मागगर्दे बिरोध सभा सम्पन्न भएको छ ।


घोराहीको ट्राफिक चोकबाट सुरुभएको विरोध र्‍याली घोराही बजारको बिपि चोक, सहिद गेट हुँदै तुलसीपुर चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङको आयोजना भएको कार्यक्रममा पार्टीका दाङ जिल्ला इञ्चार्ज समीर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरे, नेकपा (क्रान्तिकारी माओबादी) प्रदेश सदस्य गुराँसलगायतका वक्ताहरूले विरोध मन्तव्य राख्नु भएको थियो । उहाँहरुले एमसीसी नेपाल र नेपाली जनताको हितमा नरहेको, यो सम्झौताले देश अस्थिरता जाने, द्वन्द बढने, र नेपाल रणनीतिक रुपमा अमेरिकाको उपनिवेश बन्ने स्थिति आउने भन्दै एमसीसी खारेजै गर्नुपर्नेमा जोड दिनुभएको थियो ।


उहाँहरुले भन्नुभयो, “नेपालको सँसदबाट अनुमोदन गराउन अमेरिकीहरु लगातार दवाद दिदै आएका कि दवाब दिदै छन? के छ स्वार्थ ? अधिकांश नेपालीको भावना बिपरित यो परियोजना किन अमेरिका जबरजस्ती नेपालीको टाउकोमा थुपार्न चाहन्छ ? यस बिषयलाई गम्भिर रुपमा लिन जरुरी छ ।”


कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) सचिवालय सदस्य तिलक बिकले गर्नुभएको थियो ।