काठमाडौं  ।  ६ वटा कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी)तत्काल फिर्ता नलिए वा खारेज नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । 

मोहन वैद्य किरण, नेत्रविक्रम चन्द ‘विप्लव’, मोहनविक्रम सिंह लगायतका ६ दल र दुई मोर्चाले एमसीसीलाई अमेरिकी सरकारले फिर्ता नलिए र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोनलको घोषणा गर्ने चेतावनी दिएको छ । 

मंगलबार नेताहरुको हस्ताक्षरमा जारी विज्ञप्तिमा एमसीसी विरुद्ध मंगलबार दिउँसो भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरिएको छ ।

त्यसक्रममा आफ्ना ७५ जना नेता कार्यकर्ता पक्राउ परेको विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार