काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झाैता खारेजी गर्न अाव्हान गर्दै नेकपा (क्रान्तिकारी माओवादी) सहित ८ राजनीतिक पार्टी तथा मोर्चाले गरेकाे संसद घेराउकाे क्रममा गिरफ्तार गरिएका ७५ जना नेता कार्यकर्ताहरु रिहा भएका छन् ।
८ दलकाे संयुक्त घेराउ कार्यक्रमकाे क्रममा गिरफ्तार गरिएका नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक माेर्चाका महासचिव परि थापा, पार्टी पिविएम दिनेश शर्मा सागर, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुन, अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमिर महर्जन, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अनेमसंघ (क्रान्तिकारी) कि महासचिव सारदा महत, अखिल नेपाल किसान क्रान्तिकारी महासंघका अध्यक्ष हरि श्रेष्ठ, युवा संगठन नेपालका महासचिव विदुशी, दलित राष्ट्रिय मुक्ति माेर्चाका अध्यक्ष टेक बहादुर विक लगायत गिरफ्तारीमा परेका ७५ जनालाई क्रान्तिकारी माओवादीका पिविएम पवनमान श्रेष्ठकाे राेहबरमा रिहा गरिएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर