काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चले एमसीसी सम्झाैता र राष्ट्रिय स्वाधीनताकाे प्रश्न बिषयक बृहत् अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरेकाे छ । सम्पर्क मञ्चले मंसिर २२ गते राष्ट्रघाती एमसीसी सम्झाैताका विरुद्ध अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक माेर्चाका अध्यक्ष सीपी गजुरेल, नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पाेखरेल, एमालेका नेता प्रदिप ज्ञवाली, नेकपाका नेता धर्मेन्द्र बास्ताेला, विज्ञ डा.सुर्यराज आचार्य लगायतका व्यक्तित्वहरुलाई निम्त्याएको छ ।
कार्यक्रम बागबजारस्थित हाेटल हार्दिकमा विहान ११ बजे राखिएकाे छ ।





























