काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय तथा मोर्चा संगठनहरुको संयुक्त आयोजनामा राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध विरोध प्रर्दशन हुने भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रघाती एमसीसी सम्झौता सदनमा प्रस्तुत तथा पारित गर्ने षड्यन्त्र गरिरहेको ठहर गर्दै त्यसका विरुद्ध विरोध प्रदर्शनको तयारी गरेको हो ।

नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुेलको प्रमुख आतिथ्यतामा बसेको जनवर्गीय तथा मोर्चाहरुको संयुक्त बैठकले मंसिर २३ गते दिनको १२ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बैठकमा पार्टी सम्बद्ध जनवर्गीय तथा मोर्चा संगठनहरुका प्रमुख नेताहरुको उपस्थिति रहेको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर