काठमाडौं । अमेरिकाकाे साम्राज्यवादी मिसनमा आधारित परियोजना एमसीसी सम्झौताविरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) लगातार विराेध प्रदर्शनमा उत्रने भएकाे छ । मंसिर २२ देखि २४ गतेसम्मका विराेध कार्यक्रम सार्वजनिक भइसकेकाे छ भने २८ गतेसम्म नै विराेध प्रदर्शनमा उत्रने तयारी गरेकाे छ ।

भोलि २२ गते क्रान्तिकारी माओवादी निकट जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चकाे आयोजनामा एमसीसी सम्झौता र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम हुँदैछ। पर्सि २३ गते क्रान्तिकारी माओवादी सम्बद्ध जनवर्गीय तथा माेर्चा संगठनहरुकाे संयुक्त आयाेजनामा माइतीघर मण्डलामा बिरोध प्रदर्शन हुने भएको छ । कार्यक्रम १२ बजे सुरु हुने कताइएकाे छ ।
काठमाडौंकाे बागबजारस्थित हाेटल हार्दिकमा भोलि विहान ११ बजे हुने अन्तरक्रिया कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, विप्लव नेतृत्वका नेता धर्मेन्द्र बास्तोला र डा.सूर्यराज आचार्यलगायतका वक्ताहरुलाई निम्त्याइएकाे छ ।
त्यसैगरी मंसिर २४ गते क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक माेर्चा लगायत २६ वटा राजनीतिक संगठनहरुकाे आयाेजनामा विराेध प्रदर्शनकाे आयाेजना गरिएकाे छ । माइतीघर मण्डलाबाट नाराजुलुस लगाउँदै संसद भवन अगाडि पुगेर विराेधसभाकाे कार्यक्रम हुने बताइएकाे छ ।
राष्ट्रघाती सम्झाैता एमसीसीलाई २८ मंसिरमा अाव्हान गरिएकाे संसदकाे अधिवेशनमा टेबल गर्न लागिएकाे भन्दै देशभक्त, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरु विराेध प्रदर्शनमा उत्रिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर