क्रान्तिकारी माओवादी निकट उद्योगी, व्यापारी, व्यवसायीहरुहरु संगठित, राष्ट्रिय उद्योग तथा व्यापार महासंघको ३ नं. प्रदेश अध्यक्षमा केशर प्रधान

क्रान्तिकारी माओवादी निकट उद्योगी, व्यापारी, व्यवसायीहरुहरु संगठित, राष्ट्रिय उद्योग तथा व्यापार महासंघको ३ नं. प्रदेश अध्यक्षमा केशर प्रधान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट उद्योगी, व्यापारी, व्यवसायीहरु संगठित हुन थालेका छन् । केन्द्रदेखि प्रदेश हुँदै जिल्ला स्तरसम्म संगठित भइरहेका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय उद्योग व्यापार महासंघको ३ नंं प्रदेशको प्रथम भेला सम्पन्न भएको छ । पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले उद्घाटन गर्नुभएको भेलाको बन्द सत्रले उद्योगी केशर प्रधान अध्यक्ष रहेको १७ सदस्यीय ३ नं. प्रदेश कमिटि चयन गरेको छ ।


भेलाले उक्त कमिटिको उपाध्यक्षमा जनक चौलागाई र सन्तोष बास्ताकोटीलाई चयन गरेको छ भने सचिवमा नवराज भट्ट, सहसचिवमा रामहरि गनेजु र कोषाध्यक्षमा विनोद कार्कीलाई चयन गरेको छ ।

भेलाले सदस्यहरुमा जितबहादुर देवकोटा, विष्णु तामाङ, राम कोजु, तिलकबहादुर चौलागाई, प्रकाश श्रेष्ठ, विनोद तामाङ, अमृत सापकोटालगायतलाई चयन गरेको छ ।


भेलाको सफलताको लागि अध्यक्ष सीपी गजुरेल लगायत पार्टीका प्रदेश इन्चार्ज दिनेश शर्मा सागर, राष्ट्रिय उद्योग व्यापार महासंघका संयोजक जितेन्द्र दाहाल, अनेमसंघ (क्रान्तिकारी)की नेतृ रिना गेलाल, अखिल (क्रान्तिकारी)की उपाध्यक्ष शिलु न्यौपाने, अखिल नेपाल जनसाँस्कृतिक महासंघकी नेतृ गौरी दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।