१.
हरियो सर्प
आँगनको दुबोमा
सँधैको त्रास
२.
नेताको बोली
अबसरको भाषा
आजको सत्ता
३.
एकको अन्त्य
अनेकको लडाइँ
सत्ताको खेल
४.
भौतिकवाद
सत्यको निरूपण
पदार्थ चेत
५.
उल्टो भो बाटो
गन्तब्य विपरीत
पुग्ने हो कहाँ ?
६.
बाउन्न साल
‘स्वर्ग’मा हलचल
फागुन एक
७.
क्रान्तिले भन्छ
तिमलिे आँट मात्र
पुर्याउँछु म
८.
जन सागर
परिवर्तन्को श्रोत
अजय शक्ति
९.
समाजवाद
पुँजीवादको अन्त्य
नयाँ संसार
१०.
साम्राज्यवाद
लुटको पराकाष्टा
युद्ध उद्घोष