अन्तर–पार्टी राजनीतिक जीवनका लागि माओका १२ निर्देशनहरु

अन्तर–पार्टी राजनीतिक जीवनका लागि माओका १२ निर्देशनहरु

चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय कमिटीको पाँचौ विस्तारित बैठकद्वारा स्वीकृत अन्तर–पार्टी राजनीतिक जीवनका लागि निर्देशक सिद्धान्तहरुका १२ प्रमुख बुँदाहरु निम्न प्रकारका छन् ः–

१. पार्टीको राजनीतिक तथा सैद्धान्तिक कार्यदिशाहरुप्रति निष्ठावान रहू ।

२. सामूहिक नेतृत्वको समर्थन गर, व्यक्तिहरुद्वारा गरिने मनपरी निर्णयहरुको विरोध गर ।

३. पार्टीको केन्द्रीकृत नेतृत्वको हिफाजत गर र पार्टी अनुशासनको दृढरुपमा पालना गर ।

४. पार्टी भावनाको समर्थन गर र गुटबन्दीको उन्मूलन गर ।
५. साँचो बोल र कुरालाई कामसित मिलाऊ ।

६. अन्तर–पार्टी जनवादको प्रबद्र्धन गर, विपरीत विचारहरुप्रति सही दृष्टिकोण अपनाऊ ।

७. पार्टी सदस्यका अधिकारहरुमाथि अतिक्रमण नहोस् भन्ने कुरालाई सुनिश्चित पार ।

८. निर्वाचनमा मतदाताहरुका इच्छालाई पूर्ण अभिव्यक्ति देऊ ।

९. गलत प्रवृत्ति, कुकर्मीहरु र खराब कामको विरुद्ध संघर्ष गर ।

१०. गल्ती गरेका कमरेडहरुप्रति सही दृष्टिकोण अपनाऊ ।

११. पार्टी र जनसाधारणबाट हुने पर्यवेक्षणलाई स्वीकार गर ।

१२. खूब अध्ययन गर र लाल र दक्ष दुवै बन । (लालको अर्थ हो सही राजनीतिक दिशाबोध प्राप्त गर्नु ।)

(मार्च ३०, १९८१ को “बेइजिङ रिभ्यू”मा प्रकाशित, अंग्रेजीबाट कृष्णदाश श्रेष्ठबाट अनुदित)