देउवा सरकारले फेरि बढायाे पेट्रोलियम पदार्थको मूल्य, ग्यासकाे मूल्य १५७५ पुर्याइयाेे

देउवा सरकारले फेरि बढायाे पेट्रोलियम पदार्थको मूल्य, ग्यासकाे मूल्य १५७५ पुर्याइयाेे

काठमाडौं । देउवा सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको पनि मूल्य बढाइएकाे छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्याइएकाे छ ।
अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।