काठमाडौं । राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध काभ्रे जिल्लामा क्रियाशील ६ दल एकै ठाउँ उभिएका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी)का सेक्रेटरी बसन्त, देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष जितबहादुर लामा, नेपाल कम्युनिस्ट पार्टीकाे सेक्रेटरी प्रताप, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका सचिव प्रभात माेक्तान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र समाजवादी)का अध्यक्ष याेगेश राल्फाली र नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि राजिव खरेलले संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गरी एमसीसी खारेज नहुन्जेलसम्म संघर्ष जारी राख्ने उद्घाेष गरेका छन् ।
एमसीसी पास भए नेपाल रणभूमिमा परिणत हुने भन्दै संयक्त विज्ञप्तिमा काभ्रेबासी जनसमुदायलाई संघर्षमा उत्रन आव्हान गरिएकाे छ ।