काठमाडौं  ।  पछिल्लो २४ घन्टामा देशभर थप एक हजार पाँच सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार एक सय ८० र एन्टिजेन परीक्षणमा तीन सय ८२ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा १० हजार दुई सय ६६ जनाको पिसिआर परीक्षण र चार हजार एक सय ७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर २६ हजार दुई सय दुईजना सक्रिय संक्रमित रहेका छन् । 

मंगलबार एक हजार पाँच सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा १९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार नौ सय ८४ पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर