
जेठ २५ काठमान्डौ ।
मिलिजुली संकलन ग–यौ, बाडीचुडी दियौ ! भन्ने नाराका साथ केही दिनदेखि नेकपा (क्रान्तिकारी माओवादी ) काठमाडौँ जिल्ला समितिका कार्यकर्ता र नेताहरु चन्द्रागिरि नगरपालिका अन्तरगत वार्ड न ९ स्थित बिएन ईटा भट्टामा बिगतमा कार्यरत तथा हाल बेरोजगार ३० जना मजदुरहरुको निम्ति नेकपा (क्रान्तिकारी माओवादी ) काठमाडौँ जिल्ला समितिले आन्तरिकरुपमा गरेको राहत संकलन वाट संकलित चामल २२० किलो,दाल २२ किलो,खाने तेल ११ लिटर ,नुन ११ किलो र सर्जिकल मास्क १५० थान आज वितरण गरियो !

भोलि यसैगरी गोकर्णेस्वर नगर पालिका अन्तर्गतका समस्याग्रस्त मजदुरहरुलाई नेकपा (क्रान्तिकारी माओवादी ) काठमाडौँ जिल्ला कमिटि अन्तर्गतको गोकर्णेस्वर नगर कमिटि द्वारा राहत बितरण गरिदैछ ! त्यसपछी हामि संखरापुर नगरपालिका अन्तर्गतका दुख्ख पाएका मजदुरहरुलाई राहत प्रदान गर्ने योजनामा छौ ! साथै नेकपा ( क्रान्तिकारी माओवादी ) काठमाडौँले निषेधाज्ञाको कारण अप्ठ्यारोमा पर्नुभएका शहिद परिवार,बेपता तथा घाईते योद्धा परिवारलाई पनि सक्दो सहयोग उपलव्ध गराउने योजना बनाएकोछ ! यो महान् पहलका लागि सबै शुभेच्छुक सहयोगदाताहरुसंग मिलिजुली संकलन ग–यौ, बाडीचुडी दियौ ! भन्ने अभियानमा हातेमालोका लागि जिलला पार्टी सबैको सुझाव ,सल्लाह र सहयोगको अपेक्षा गर्दछ !