काठमाडौं  । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौँ जिल्ला समितिले पीडित मजदुरहरुलाई राहत बितरण गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) काठमाडौँ जिल्ला समितिले चन्द्रागिरी नगरपालिका वडा नम्वर ९ स्थित बिएन ईटा भत्तामा वेरोजगार अवस्थामा रहेका ३० जना मजदुरहरुलाई आज बिहान राहत बितरण गरेको हाे ।  रुकुम, रोल्पा  लगायत पश्चिम पहाडी जिल्लाहरुबाट रोजगारीको निम्ति काठमाडौँ छिरेका ती मजदुरहरु बिगतमा सोहि ईटा भट्टामा काम गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । तर बिगत एक महिना देखि ईटा भट्टा बन्द भएको तथा निषेधाज्ञाको कारण  बाहिर काम पाउने र गर्ने स्थिति नभएको साथै बिगतमा  आफुले गरेको कामको पैसा पनि मालिक बाट नपाएका कारण उनीहरु बिचल्लीमा परेका थिए ।
ती मजदुरहरुको विचल्ली अवस्थाबारे जानाकारी प्राप्त भए लगत्तै नेपाल कम्युनिस्ट पार्टी  (क्रान्तिकारी माओवादी ) काठमाडौँले स्थानीय चन्द्रागिरी -नागार्जुन संयुक्त नगर कमिटि मार्फत आवस्यक स्थलगत अध्यन गरेको थियो। तत्पश्चात लगत्तै पार्टीको जिल्ला कमिटिभित्र आन्तरिक राहत्  संकलन कार्यक्रम संचालन गरेर पीडित मजदुरहरु बसिरहेको बिएन ईटा भत्ता मै पुगेर उनीहरुलाई  जिल्ला पार्टीको एउटा टिमले संकलित राहत बितरण गरेकाे पार्टीका जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्यालले जानकारी दिनुभयाे ।
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) का केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला ईन्चार्ज शारदा महतले जिल्ला पार्टीकोतर्फ बाट त्यहाँका मजदुरहरुका नाइके मान बहादुर पुनलाई चामल २२० किलो ,दाल २२ किलो , खाने तेल ११ लिटर , नुन ११ किलो र मास्क १५० थान हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा आफ्नो संक्षिप्त भनाई राख्दै  शारदा महतले भन्नुभयो, ” यो निषेधाज्ञाको अवस्थामा देशका मजदुर वर्गलाई सबभन्दा बढी मार परेको छ। मजदुरहरुको रोजगारी टुटेको छ, गासबास छुटेको छ । तर यो प्रतिक्रियावादी सत्ताका शासकहरुलाई कुनै मतलव छैन । उनीहरु कुर्सीका निम्ति एकापसमा लडाई गरिरहेका छन् । त्यसकारण यो प्रतिक्रियावादी सत्ता र त्यसका चौकीदार यी प्रतिक्रियावादी पार्टी र व्यक्तिहरुले देश र जनताको हकहितको पक्षमा कुनै सरोकार राख्दैनन भन्ने कुराको राम्रो उदाहरण यहि एउटा घटना बनेको छ ! तर हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले मजदुर ,किसान लगायत आम उत्पीडित जनतालाई कहिल्यै बिर्सनु हुँदैन । हरेक दुःख , सुखमा उनीहरुलाई सम्झनुपर्दछ भन्ने मान्यता राख्दछ । त्यही मान्यता अनुसार नै यहाँका तपाई मजदुरहरुलाई समस्या परेको कुरा सुन्ने बित्तिकै थोरै भएपनि सहयोग गर्नु पर्दछ भन्ने हेतुले हामीले यो प्रयास गरेका हौ । हाम्रो यो सानो सहयोगले तपाईहरुलाई ठुलो राहत त् नपुग्ला तर तपाईहरु संग साथमा हामी छौ, हाम्रो पार्टी छ, भन्ने प्रतिवद्धताको अभिव्यक्ति चाहि यो सानो सहयोगले अवश्य गर्नेछ । ”
उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्यालले ती मजदुरहरुसंग पार्टीको चन्द्रागिरि – नागार्जुन संयुक्त नगर  कमिटिका  ईन्चार्ज सुरेश तामाङ् र सेक्रेटरी प्रलाद कार्की , जिल्ला पार्टीका सदस्य तथा राहतका बिशेष प्रायोजक केशर प्रधान, जिल्ला पार्टीका सदस्य तथा  राहत संकलनमा बिशेष भूमिका निर्वाह गर्नुहुने  ज्ञानेन्द्र प्रजापतिको परिचय गराउनुभएको  थियो ।
उक्त कार्यक्रममा त्यहाँका मजदुरहरुकाे नाईके मान बहादुर पुनले आफ्नो मन्तव्य राख्दै मजदुरहरुको चिन्ता र चासो गर्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) नै रहेछ भन्ने कुरा तपाईहरुको यो सहयोगले प्रस्ट पारेको छ  भन्दै दुःखमा परेका मजदुरहरुलाई सहयोग गरेकोमा नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) काठमाडौँलाई धन्यवाद ज्ञापन गर्नुभयाे । 
सेक्रेटरी छन्त्यालका अनुसार निषेधाज्ञाको समयमा दुःख पाएका पार्टीका सदस्य, शहिद परिवार ,घाईते तथा बेपत्ता योद्दा परिवार ,मजदुर लगायत आम जनतालाई सक्दो सहयोग गर्ने जिल्ला पार्टीको योजना रहेको छ । यसै सन्दर्भमा भोलि जेष्ठ २७ गते गोकर्णेश्वर नगर पालिका र त्यसपछि संखरापुर नगर पालिकाका अप्ठ्यारोमा परेका मजदुरहरुलाई जिल्ला पार्टीले राहत बितरण गर्ने कार्यक्रम ठोस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर