स्मार्टसिटी लगायत उपत्यकाभित्र कथित विकास निर्माण किन ?

स्मार्टसिटी लगायत उपत्यकाभित्र कथित विकास निर्माण किन ?

 

नेपाल बहुजातीय, बहुभाषिक, बहुसास्कृतिक र बहुधार्मिक देश हो । बिशेष गरी कठमाडौँ उपत्यका नेपालको इतिहास बोकेको ऐतिहसिक शहर हो । यहाँका मानिसहरूको आर्थिक, सामाजिक, साँस्कृतिक, भाषा, लिपी, कला पराम्परा आदिको छुटै इतिहास र गौरव बोकेकोे पाइन्छ । विभिन्न कालखण्डमा राष्ट्रिय रूपमा मुिक्तको संघर्ष र परिवर्तनका लागि निर्णायक वलिदानीको उच्च मागमा हुन्थ्यो । राणाकालको बिरूद्ध २००७ साल अघिका संघर्ष, भाषा आन्दोलन, ०४६ सालको संघर्ष, महान् दसवर्षे जनयुद्ध, २०६२÷०६३ सालको जनआन्दोलनहरूमा यहाँका नेवा जातिले अग्र भागमा रहेर संघर्ष गर्दैै आएका छन् । तर पनि नेवाः जातिको आजसम्म शोषणबाट मुक्त हुन सकिरहेको छैन ।


समग्र राष्ट्र बाह्य रूपमा साम्रज्यवाद र विस्तारवादको नवऔपनिवेशिक र अर्धउपनिवेशको मारमा परेको छ । त्यसैले हाम्रो देश आर्थिक, राजनीतिक, साँस्कृतिक, धार्मिक हस्तक्षेपमा परेको छ भने आन्तरिक रूपमा त्यसका दलाल कठ्पुतली शासकहरूबाट यहाँका आदिबासी भुमिपुत्रहरूमाथि शोषण, दमन र उत्पीडनमा परेका छन् । सारमा यी दुवै देश र जनतामाथिको शोषण नै हो । तत्कालिन राज्य सत्ताका नाइके ओली, जसले सम्बृद्ध नेपाल र सुखी नेपाली भनेर दुईतिहाई बहुमत लिएर सरकारमा आएका हुन्, वास्तवमा यो सरकार र ब्यवस्थाले भ्रमको पर्दा हालेका मात्र हुन् । शोषणको तरिका (रूप) विकासको नाममा गरेका हुन् । नेपाल भाषामा एउटा उखान टुक्का छ ः चाकु केना भुजी ल्यागु (मिठो गुलियो सपना बाढेर आफ्नो जालमा फसाउने) । यसरी अहिलेको सत्ता ब्यवस्था हिजोकै सामन्तवादको जगमा बनेको हो । त्यसकारण शासकका सोच, चिन्तन, संस्कृतिक आचरण तिनै सामन्तवादी शैली र ब्यवहार देखिन्छ ।


हिजोका संघर्ष ती महान शहिदहरूले देखेका सपना पुरा भएको छैन । अहिलेका शासक प्रशासक जो सत्तामा पुगेका छन्, तिनीहरूको बुझाई भनेको एक पटक संघर्षमा भाग लिने र जीवनभर त्यसको भजन गाएर ब्याज खाने र तक्मा लगाउने तथा एक पटक धान रोप्ने जीवनभरी भात खाने परिपाटी तिनका कार्यकर्ता पंक्तिदेखि नेतृत्वसम्म देखिन्छ । वास्तवमा यो सत्ता र शासकहरू तिनै दलाल, भ्रष्ट, माफिया, तस्करहरूका इमान्दार सेवक हुन् । तिनका निर्देशन र इसारामा चल्दछन् । त्यसैले यिनले ल्याएका बिकाशका योजना सिमित वर्ग, समुदाय। सम्भ्रान्त र मुठ्ठी भरका दलाल पुँजिपतीहरूको सेवा गर्न र दलाल तथा नोकरशाही पँुजीवादीको अर्थ ब्यवस्थालाई कायम राख्ने उद्देश्य निहित छ । आम समुदायलाई गुम्रहमा राख्ने, श्रमजिवी किसान, मजदुर र उत्पीडित समुदायमाथि झनै शोषण, दमन र नियन्त्रणमा राख्ने, अभाव संकट सृजना गर्ने, निम्नपुँजीवादी चिन्तन र आत्मस्वार्थको गतिलाई बढुवा दिने र अब्यवस्था बनाई राख्ने, अन्याययोचित प्राकृतिक स्रोत साधनको दोहन, सिमित ब्यक्ति र बर्गले रजाई गर्ने तथा जल, जमिन र जंगलमाथिको गरिखाने जनता, किसानको हातबाट खोस्ने नियोजित षडयन्त्र हो ।


नवउदारवादी अर्थव्यवस्था भनेको नीति तथा योजना नाफामा मात्र सम्बन्ध राख्ने तर सेवा सुबिधालाई निषेध गर्दै लग्ने हुन्छ । राज्य नागरिकप्रति गैरजिमेवार भएको, राष्ट्र, राष्ट्रियता, जनतन्त्र र जनजीविकाप्रति मुकदर्शक भएर देखाइएका ब्यवहारले देश र जनताप्रतिको उसको उतरदायित्व छैन भन्ने स्पस्ट ब्यवहारबाट देखाइ रहेको छ । राज्य नै दलाल भुमाफियामा रूपान्तरण भएको अवस्थामा नागरिकले सरकार र सत्ताप्रति घृणा व्यक्त गर्दै आएका छन् र तिनप्रति अब जनतामा विश्वास छैन । एक लाख रोपनी जमिन उपत्यकाबासीबाट नियोजित रूपमा जमिन खोसिदै छन् । यसबाट आदिवासी नेवाः जनता तथा किसानहरुलाई भुमिहिन बनाउने तथा खर्बौँ रूपैया रकम कमिसनको खेलमा लागि परेका छन् । जबसम्म यहाँका भुमिपुत्र लगायत युवाहरूमा राजनीतिक चेतनाको बृद्धि हुँदैन दलाल तथा नोकरशाहका बिरूद्ध निरन्तर संघर्ष अहिलेको आवश्यक्ता हुँदाहुँदै पनि संघर्ष कमजोर हुन पुग्दछ । यसकै लागि प्रतिक्रियावादी शक्तिहरुले यहाँका आम शोषित नेवाः जातिमािथ आन्तरिक औपनिवेशिक कायम गर्दै उनीहरुको आदिथलोबाट बिस्थापन गरी नेपालको सभ्यताको इतिहास मेट्न लागि परेका छन् । यो भनेको राष्ट्र र राष्ट्रियता कमजोर बनाई लुटको स्वर्गको आयु बढाई क्रान्तिलाई रोक्ने र परिवर्तन मुक्ति रूपान्तरण हुन नदिने खेल हो । fast tarck, ring road, smartcity लगायत बिभिन्न भ्रमको खेती गर्दै राजनीतिक अधिकारबाट बन्चित बनाई सँधै शासन सत्तामा रहिरहने दलाल प्रतिकृयावादी नियत हो । साम्राज्यवादी र बिस्तारवादको तलुवा चाट्ने संशोधनवादमा पतन भएका संसदवादीहरू, जसले राष्ट्रघात जनघात गर्न पनि पछि नहट्ने जाली फटाहा हुन् । त्यसैले तथ्यबाट सत्य पहिचान गर्दै राजनीतिक चेतनाको विकाससंगै जनवादी क्रान्तिको तयारी गर्दै संघीय जनगणतन्त्रको स्थापनाको लागि अगाडि बढने बाहेक हाम्रो अगाडि संघर्षको अर्को विकल्प रहेको छैन ।