
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६ सय १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १४ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट ७ हजार ५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । हालसम्म मृतकको कुल संख्या ३१३६ पुगेको पनि मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
