यो चुथ्थो संसदीय व्यवस्थाका लागि जनयुद्धमा सहिदहरुको बलिदान भएको होइन, सहिद तथा वेपत्ता योद्धा परिवारहरुले यो कुरा राम्ररी बुझ्नु पर्छ : दिनेश शर्मा

यो चुथ्थो संसदीय व्यवस्थाका लागि जनयुद्धमा सहिदहरुको बलिदान भएको होइन, सहिद तथा वेपत्ता योद्धा परिवारहरुले यो कुरा राम्ररी बुझ्नु पर्छ : दिनेश शर्मा


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता तथा सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक दिनेश शर्मा सागरले यो चुथ्थो संसदीय व्यवस्थाका लागि सहिदहरुले जनयुद्धमा रगत बगाएको होइन र यो व्यवस्थाको समूल नष्ट गरेर नयाँ जनवादी व्यवस्थामा आधारित संघीय जनगणतन्त्रका लागि रगत बगाएको हो भन्दै सहिद परिवारहरुलाई जनयुद्धका सहिदहरुको बलिदानको मूल्यबोध गर्न आग्रह गर्नुभएको छ । २६ औं जनयुद्ध दिवसको अवसरमा पार्टीको ३ नं. प्रदेशको आयोजनामा गरिएको युवा मार्चपासलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । नेता शर्माले संसदको पुनस्र्थापना तथा संसदको निर्वाचनको पक्षमा लागेर सहिदहरुको बलिदानको अपमान नगर्न पनि सहिद तथा वेपत्ता योद्धा परिवारलाई आग्रह गर्नुभएको छ ।


जनयुद्धमाथि भएको धोका र गद्दारीका कारण रक्षात्मक स्थितिमा धकेलिए पनि जनयुद्ध फरक रुपमा फेरि उठ्ने दावी गर्दै नेता शर्माले जनयुद्धको मूल कार्यभारको रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको दिशामा अगाडि बढ्न पनि सहिद तथा वेपत्ता योद्धा परिवारलाई आग्रह गर्नुभयो ।