क्रान्तिकारी युवा लीग बर्दियाको दोस्रो जिल्ला भेला

क्रान्तिकारी युवा लीग बर्दियाको दोस्रो जिल्ला भेला

बर्दिया – क्रान्तिकारी युवा लीग बर्दियाको गुलरिया २ मा भएको दोस्रो जिल्ला भेलाले लबकुमार काफ्लेको अध्यक्षतामा ११ सदस्सीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गायत्री घोरासैनी सचिवमा भुवन तिमिल्सिना कोषाध्यक्ष टोपबहादुर श्रीसर सहसचिव शंकर प्याकुरेल र सदस्यहरुमा भिक्कु चौधरी दिलबहादुर चौधरी सुरज सुनार प्रेमकुमार काफ्लेलगायत रहेका छन् ।
कार्यक्रमा प्रमुख अतिथि क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य संकुलले अबको आन्दोलनको मुख्य जिम्मेवार युवाहरुको काँधमा आएको बताए । कार्यक्रममा क्रान्तिकारी युवा लीगका महासचिव दिलबहादुर कठायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा हमिद खाँ अध्यक्षता रहेको थियो ।