
१९ माघ पालुङटार गोरखा
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ नम्बर प्रदेश समितिका सदस्य, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ४ नम्बर प्रदेश समितिका सदस्य र जन साँस्कृतिक महासंघ केन्द्रिय समितिका सदस्य कमरेड काजीबाबु श्रेष्ठको पुज्यनिय पिता मंगल प्रसाद श्रेष्ठको यही २०७७ माघ ०७ गते असामयिक निधन श्रध्दाञ्जलि कार्यक्रम संम्पन्न ।

गोरखा जिल्ला पालुङटार नगरपालिका वडा नं. ६ गाइखुर निवासि सामाजिक ब्याक्तित्व एवम् नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ नम्बर प्रदेश समितिका सदस्य, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ४ नम्बर प्रदेश समितिका सदस्य र जन साँस्कृतिक महासंघ केन्द्रिय समितिका सदस्य कमरेड काजीबाबु श्रेष्ठको पुज्यनिय पिता मंगल प्रसाद श्रेष्ठको यही २०७७ माघ ०७ गते असामयिक निधन हुन पुगेको छ ।
मंगल प्रसाद श्रेष्ठको निधन भएको १२ औं दिनको अवसरमा २०७७ माघ १९ गते नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ नम्बर प्रदेश समिति, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ४ नम्बर प्रदेश समिति, जन साँस्कृतिक महासंघ केन्द्रिय समिति र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) गोरखा जिल्ला समितिको संयुक्त आयोजनामा उहाँ कै निवास गोरखामा श्रध्दाञ्जलि कार्यक्रम संम्पन्न भएको छ ।
उक्त श्रध्दाञ्जलि कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्यरो सदस्य एवम् ४ नम्बर प्रदेश समिति सेक्रेटरी केश बहादुर परियारको अध्यक्षतामा संम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्यरो सदस्य एवम् ४ नम्बर प्रदेश इन्चार्ज चन्द्रहरि सुबेदीले यस दुःखद र पिडाको घडीमा उहाँको मृत आत्माको शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली साथै शोकसन्तप्त परिवार र आफन्त जन प्रति हार्दिक समवेदना प्रकट गर्दै श्रद्धाञ्जलि मन्तब्य राख्नु भएको थियो ।
गोरखा जिल्ला सेक्रेटरी कृष्ण कट्टेलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, ४ नम्बर प्रदेश सचिवालय सदस्य, कास्की जिल्ला इन्चार्ज रामजी थापा, देजमो नेपाल केन्द्रिय सदस्य,४ नम्बर प्रदेशका अध्यक्ष नेत्र रानाभाटले श्रद्धाञ्जलि मन्तब्य राख्नु भएको थियो । परिवारको तर्पmबाट बोल्दै काजीबाबु श्रेष्ठले आफ्नो परिवार र पिता मंगल प्रसाद श्रेष्ठको योगदानका बारेमा संक्षिप्त भनाई राख्नु भएको थियो ।
पार्टीका बैकल्पिक केन्द्रिय सदस्य, ४ नम्बर प्रदेश सचिवालय सदस्य, तनहुँ र स्याङ्गजा जिल्ला इन्चार्ज बाबुराम सुबेदी, देजमो नेपाल केन्द्रिय सल्लाहाकार एवम् पार्टीका ४ नम्बर प्रदेश सचिवालय सदस्य भिम श्रीस, नवलपुर जिल्ला सेक्रेटरी उत्तम थापा, कास्की जिल्ला सेक्रेटरी कर्ण वहादुर पुन, अनेमसंघ केन्द्रिय सदस्य लक्ष्मी मल्ल लगायतका नेता कार्यकर्ताहरु र स्थानिय जनसमुदायको उपस्थिति रहेको थियो ।






























