नारा जुलुससहित नेपालगञ्जमा क्रान्तिकारी माओवादीको विरोधसभा सम्पन्न

नारा जुलुससहित नेपालगञ्जमा क्रान्तिकारी माओवादीको विरोधसभा सम्पन्न

नेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी)ले आज लुम्बिनी प्रदेशको नेपालगन्जमा पनि नारा जुलुससहित विरोध प्रदर्शन गरेको छ ।
पार्टी, देजमो र जबस मोर्चाको ५ नंं प्रदेशको संयुक्त आयोजनामा नेपालगन्जको धम्बोजी चोकमा विरोधसभा भव्य रुपमा सम्पन्न गरियो । यहाँको विरोधसभालाई पार्टी पिविएम तथा बाँके , बर्दिया इन्चार्ज भुपेन्द्र न्यौपाने र पार्टीका केन्द्रीय सदस्य तेजबिक्रम शाही लगायतका नेताहरुले सम्बोधन गर्नुभयो ।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले राज्य देश र जनताको सुरक्षा गर्न असफल भएको हुँदा अब हतियार उठाउन आफुहरु तयार रहेको चेतावनी दिनुभयो ।
क्रान्तिकारी माओवादीको सम्पन्न पीवी बैठकले भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरा सहितको भूभाग फिर्ता, एमसीसीको विरोध, भ्रष्टाचार, महङ्गी, वालिका–महिला बलात्कार तथा हत्या, मजदुरहरुको निष्काशन तथा कटौतीको विरोध, किसानहरुका लागि मलखाद तथा उत्पादित वस्तुको बजार एवम् सहुलियत ऋणको व्यवस्था, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, हित तथा जनजीविकाका विषयलाई लिएर स्वतन्त्र तथा संयुक्त रुपमा विभिन्न प्रकारका सङ्घर्ष तथा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको थियो ।