मंसिर २५ डडेल्धुरा । नेकपा (क्रान्तिकारी माओवादी)डडेल्धुराले  वर्तमान संसदीय व्यवस्थाका विकल्पको रुपमा संघीय जनगणतन्त्र भन्ने मुल नाराका साथ विरोध कार्यक्रमहरु सञ्चालन गर्ने पार्टी केन्द्रको निर्णय अनुसार डडेल्धुरामा विरोध रयाली र सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी), जनवर्र्गीय संगठन र मोर्चाको आयोजनामा गरिएको उक्त विरोध सभाको सञ्चालन प्रदेश सदस्य भुवन धामीद्धारा गरिएको थियो भने विरोध सभालाई पार्टी केन्द्रीय सदस्य लाल किरणले सम्वोधन गरेका थिए ।

त्यसैगरी दार्चुला र डोटीमा पनि विरोध कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएका छन् । दार्चुलामा गरिएको विरोध कार्यक्रमलाई देजमो जिल्ला अध्यक्ष जगत धामीले सम्वोधन गरेका थिए । डोटीमा जिल्ला सेक्रेटरी नन्द थापाले सम्वोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर