नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरद्धारा विरोध रयाली र सभा सफलतापूर्वक सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरद्धारा विरोध रयाली र सभा सफलतापूर्वक सम्पन्न


मंसिर २५ कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरले यही मंसीर २५ गते वर्तमान संसदीय व्यवस्थाका विकल्पको रुपमा संघीय जनगणतन्त्र भन्ने मुल नाराका साथ विरोध कार्यक्रमहरु सञ्चालन गर्ने पार्टी केन्द्रको निर्णय अनुसार कञ्चनपुरको मदनचोकमा विरोध रयाली र सभा सफलतापूर्वक सम्पन्न गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी), जनवर्र्गीय संगठन र मोर्चाको आयोजनामा गरिएको उक्त विरोध सभाको सञ्चालन जिल्ला सेक्रेटरी कैलाशद्धारा गरिएको थियो भने विरोध सभालाई पार्टी केन्द्रीय सदस्य हरी सुवेदी, देजमो केन्द्रीय सदस्य तथा प्रदेश सदस्य विष्णुराम नेपाली, पार्टी प्रदेश सचिव रामबहादुर महराले एमसीसी, गणतन्त्र तथा जनताका समस्याहरुवारे सम्वोधन गरेका थिए ।


सम्वोधनको क्रममा राम बहादुर महरा भनेका थिए–“आफ्नो सुरक्षा गर्न नसकेका त्रिभुवन का सन्तान भाङ र धतुरोमा रमाउनेहरु कुनै पनि हालत देशका निम्ति योग्य हुन सक्दैनन । महान जनयुद्ध र जनआन्दोलनले चिहानमा डढाएको राजतन्त्रको निम्ति संघर्ष गर्नेहरु यो देशको प्रगतिको बाधन हुन त्यसैले यिनको सडकबाटै प्रतिकार गर्नु पर्दछ । दलाल संसदीय ब्यबस्थाले जनतालाई सुखसुबिधा दिन सक्दैन । किसानको पिरमार्का बुझ्दैन यसले गर्ने भनेको भ्रष्टाचार जनघात र राष्ट्ररघात नै हो त्यसैले संघिय जनगणतन्त्र नै अबको अब्बल बिकल्प हो यस निम्ति अन्तिम लडाइँ एकताबद्ध भएर लड्नु पर्दछ ।”