
मंसिर २५ दैलेख भैरवी । नेकपा (क्रान्तिकारी माओवादी) दैलेखले मंसीर २५ गते देशैभरी “वर्तमान राज्यसत्ता, व्यवस्था र सरकारको विकल्पका रुपमा संघीय जनगणतन्त्र“भन्ने मुल नाराका साथै सरकारको अकर्मण्यता, कालाबजारी, घुसखोरी, भ्रष्टचार र उदासिनताका विरुद्ध विरोध रयाली र सभा सपलतापूर्वक सम्पन्न गरेको छ । उक्त विरोध कार्यक्रम नारा जुलुससहीत दैलेख भैरवी गाउँ पालिका स्थित खम्वागाडे बजारको खानेपानी चोकबाट सुरु भई बजार परिक्रमापछि चामुण्डा रोड चोकबाट प«न फिर्ता भई विरोधसभामा परिणत भएको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी), जनवर्र्गीय संगठन र मोर्चाको आयोजनामा गरिएको उक्त विरोध सभालाई तमुरामुमोर्चाका केस पूर्णबहादुर गुरुंगद्धारा सञ्चालन गरिएको थियो । विरोधसभालाई पार्टी केस तथा दैलेख जिल्ला इन्चार्ज कृष्णबहादुर गुरुंग (असमान), पूर्व जनमुक्ति सेनाका ल्पलाटुन भिसी चन्द्र सिंह (चिर्को)ले सम्वोधन गरेका थिए । उक्त विरोधसभामा स्वागत मन्तव्य पार्टी डिसिएम मन्तबहादुर सिंहले गरेका थिए ।

उक्त विरोधसभाको अतिथिमा वेपत्ता तथा सहीद परिवारका जिल्ला संयोजक तथा पार्टी डिसिएम अमरबहादुर शाही र पार्टी जिल्ला कमिटि सल्लाहाकार सदस्य मानबहादुर सिंह थिए । सम्वोधनका क्रममा पार्टी केस तथा दैलेख जिल्ला इन्चार्ज कृष्णबहादुर गुरुंग (असमान)ले अहिलेको राज्यसत्ता ध्वस्त नभएसम्म जनताको राज्यसत्ताको स्थापना हुन सक्दैन त्यसैकारण जनताले यो राज्यसत्तालाई ध्जस्त पारी संंघीय जनगणतन्त्र नेपालको स्थापना गर्नु अनिवार्य छ भन्दै अहिले केपी प्रचण्डहरुले समाजवादको नारा दिएर जनतालाई भ्रममा राखि नेपालमा दलाल तथा नोकरशही पुँजीवादलाई सुदृढ गरीरहेका छन् । देश र जनताको पक्षमा नभएका प्रचण्ड र केपीको पार्टी विभाजन अनिवार्य छ, त्यसको विकल्प देखिदैन भन्नेमा जोड दिएका थिए ।

उक्त विरोध सभाको अध्यक्षता दैलेख जिल्ला पार्टी सचिव विरेन्द्र सिंहले गरेका थिए ।































