नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) प्रवक्ता प्रतीकद्धारा भ्रमपूर्ण समाचारको खण्डन

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) प्रवक्ता प्रतीकद्धारा भ्रमपूर्ण समाचारको खण्डन

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) महासचिव कमरेड किरणले नबोलेको विषयलाई शीर्षक बनाई सफलखबर डट कम लगायत अन्य केही सञ्चार माध्यमले गलत समाचार सम्प्रेषण गरेकोमा पार्टी प्रवक्ताद्धारा निम्नअनुसारको प्रेस वक्तव्यमार्फत उक्त भ्रमपूर्ण समाचारको खण्डन गरिएको छ ।
                                                                      प्रेस–वक्तव्य
हालै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मङ्सिर ८ देखि १० गतेसम्म भएको पोलिट ब्यूरो बैठकले लिएका निर्णयहरु प्रेस–विज्ञप्ति मार्फत सार्वजनिक भइसकेका छन् । उक्त विज्ञप्तिमा उल्लेखित विषयलाई सम्प्रेषण गर्ने सन्दर्भमा “प्रचण्डले नेकपामा ल्याएको प्रतिवेदन सही र वस्तुवादी छ ः मोहन वैद्य” भन्ने शीर्षक दिएर सफलखबर डट कम लगायत अन्य केही सञ्चार माध्यमले समाचार सम्प्रेषण गरेकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । महासचिव कमरेड किरणले नबोलेको विषयलाई शीर्षक बनाई प्रसारित समाचारले भ्रम पैदा गरेको छ । हाम्रो पार्टी यस प्रकारको भ्रमपूर्ण समाचारको खण्डन गर्दछ र यसलाई सच्याउन सम्बन्धित सबै सञ्चार माध्यमलाई विशेष अनुरोध गर्दछ ।
मिति ः १३ मङ्सिर २०७७

प्रतीक
प्रवक्ता
नेकपा (क्रान्तिकारी माओवादी)