आस्विन ३० काठमान्डौ,
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सी.पी. गजुरेलद्धारा संगठनका केन्द्रीय सचिव तथा २ नं. प्रदेश अध्यक्ष रामनारायण सिंहकी आमा राजो देवीको निधनमा श्रद्धाञ्जली अर्पण गर्नु भएकोछ । श्रद्धाञ्जली वक्तव्यको पूर्ण पाठ तल दिइएकोछ ः
श्रद्धाञ्जली वक्तव्य
२ नं. प्रदेश, सिरहा जिल्लाको गोलबजार नगरपालिका, २ नं. वडा निवासी हाम्रो संगठनका केन्द्रीय सचिव तथा २ नं. प्रदेश अध्यक्ष रामनारायण सिंहकी ममतामयी आमा राजो देवीको ६५ वर्षको उमेरमा काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पतालमा उपचारका क्रममा यही आश्विन २९ गते मध्याह्न देहान्त भएको छ । उहाँका श्रीमान्, ५ छोरा र १ छोरी हुनुहुन्छ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, रामनारायण सिंहलगायत उहाँका शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

सी.पी. गजुरेल
अध्यक्ष
मिति २०७७÷०६÷३०

प्रतिक्रिया

सम्बन्धित खवर