
आस्विन ३० काठमान्डौ,
यही २९ गते नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिका सदस्य कमरेड राम नारायण सिंहकि आमा तथा पार्टीकि सदस्य कमरेड राजु देवीको काठमाण्डुको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारको क्रममा असामयिक तथा दुःखद निधन हुन गएको छ । उक्त निधनप्रति पार्टी महासचिव क.किरणद्धारा प्रेस–वक्तव्यमार्फत श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । प्रेस–वक्तव्यको पूर्णपाठ तल दिइएकोछ ः
प्रेस–वक्तव्य
गत २०७७ असोज २९ गते सिराहा जिल्ला निवासी हाम्रो पार्टीकि सदस्य कमरेड राजु देवीको काठमाण्डुको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारको क्रममा असामयिक तथा दुःखद निधन हुन गएको छ । ६५ वर्षिया कमरेड राजु देवी मुटुको रोगले पीडित हुनुहुन्थ्यो । उहाँका श्रीमान, छोरी १, छोरा ५, बुहारी ४ र नाति÷नातिना १५ जना हुनु हुन्छ । उहाँ हाम्रो पार्टीको केन्द्रीय समितिका सदस्य कमरेड राम नारायण सिंहकि आमा हुनु हुन्थ्यो । यस दुःखद घडीमा राम नारायणकि आमा राजु देवीप्रति हाम्रो पार्टीहार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँका शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
मितिः २०७७ असोज ३० गते
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)




























