नेपालका २१ बाम पार्टीहरु र संगठनहरुद्वारा सरकारका राष्ट्रघाती र जनविरोधी गतिविधिका विरुद्ध माइतीघरमा विशाल प्रदर्शन

प्रकाशित मिति : २०७७ आश्विन २९


२९ आस्विन काठमाडौं,
नेपालका २१ बाम  पार्टीहरु र संगठनहरुले सरकारका राष्ट्रघाती र जनविरोध गतिविधिका विरुद्ध आज काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन गरेका छन । अपरान्ह १ बजेदेखि शुरु भएको प्रदर्शनमा २१ दलका ५÷५ जनाका दरले जम्मा १०५ जनाको उपस्थिति थियो । १ घण्टासम्म एमसीसी खारेज गर्न माग गर्दै नाराबाजी भएको थियो । सहभागीहरुले सरकारबाट भइरहेका भ्रष्टाचारजन्य गतिविधिहरुका साथै राष्ट्रघातका सवालमा समेत खबरदारी गर्दै नाराबाजी गरेका थिए ।
एमसीसीको खारेजीका साथै नेपालको वास्तविक नक्साअनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध पनि गरेका थिए । साथै कोभिड–१९ मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोध, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराध नियन्त्रण र अपराधीमाथि कारवाही आदिको माग पनि विरोध प्रदर्शनमा गरिएको थियो ।

प्रदर्शनमा राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका विषयमा कार्यगत एकता गर्दै आएका पार्टीहरु र संगठनहरुमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्र्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारावादी कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेपाल, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) रहेका थिए ।