बेलगाम प्रम ओली, विचरा प्रचण्डको ‘कार्यकारी अध्यक्ष’

टिप्पणी

प्रकाशित मिति : २०७७ आश्विन २९


काठमाडौं । प्रम ओलीको स्वेच्छाचारितालाई डबल नेकपाले लगाम लगाउन सकेन । एकपटक फेरि कार्यकारी अध्यक्षलाई थाङ्नामा सुताउँदै ओलीले ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले रिक्त अर्थ मन्त्रालयमा पार्टी महासचिव विष्णु पौडेललाई नियुक्त गरेका छन् भने शहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठलाई ल्याएका छन् ।
प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरु फेर्ने र पूर्व माओवादीबाट ९ जना मन्त्री बनाउनुपर्ने प्रचण्डको अडानलाई ओलीले हावा खुवाइदिएका छन् ।
मन्त्रालय र मन्त्री तोक्ने यी विषयमा आफूसँग कुनै सहमति नभएको भन्दै पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड रोइकराइ गर्दै हिडेका छन् । यसअघि राजदूत नियुक्तिमा पनि ओलीले यसैगरी प्रचण्डको कार्यकारी अध्यक्षलाई चुनौती दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद् बैठक विस्तार गरेको भन्दै नेकपाभित्र फेरि विवाद बढेको छ ।