पाँच विधार्र्थी संगठनले एमसीसी,राष्ट्रियता,जनतन्त्र र जनजीविकाका सम्बन्धमा लिएर देजमो नेपालका अध्यक्ष सीपी गजुरेलसंग भेटघाट तथा छलफल कार्यक्रम सम्पन

प्रकाशित मिति : २०७७ आश्विन ५


आस्विन ५ काठमान्डौ,
अखिल (क्रान्तिकारी)केन्द्रीय कार्यालय बागवजारमा पाँच विधार्र्थी संगठनले एमसीसी,राष्ट्रियता,जनतन्त्र र जनजीविकाका सम्बन्धमा लिएर देजमो नेपालका अध्यक्ष सीपी गजुरेलसंग असोज ५मा भेटघाट तथा छलफल कार्यक्रम सम्पन गरेका छन् । भेटमा अखिल(क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी) अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारी अध्यक्ष आलोक रायमाझी ,अखिल छैठौ अध्यक्ष विमल पोखरेल, अखिल पाचौं अध्यक्ष धनस्याम मिश्र र अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष शीलु न्यौपाने समेतको उपस्थिति रहेको थियो