वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, राज्यको गलत नीति र आगामी तयारी बारे 

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, राज्यको गलत नीति र आगामी तयारी बारे 


१. मलेसिया र मध्य पुर्वका देशहरू मुख्यतः साउदी अरब, युएई, कतार, ओमन,लेबनान, कुवेत, बहराइन सहित सामान्यतः संसारभर नेपाली श्रमिक हरु रोजगारीको शिलशिलामा रहेका छन । कानुनी र गैरकानुनी हिसाबले रहँदै आएका नेपाली मजदुरहरुको यो तथ्यांक ३० लाख भन्दा माथि छ । भारत प्रवासलाई पनि यहि जोडेर राख्दा यो ५० लाख भन्दा अधिक हुन सक्छ । यद्यपि राज्यसँग यसको सहि तथ्यांक र आंकडा छैन जुन दुःखद पक्ष हो ।
२.अहिले विश्वव्यापी बनेको कोरोना भाइरसको आतङक र लकडाउनले विश्व पुँजि बजारमा ठुलो असन्तुलन र हलचल पैदा भएको छ । यो संगै विश्वभर करोडौंको संख्यामा मजदुरहरुको रोजगारीमा भीषण कटौती गरिएको छ । मजदुर कटौतीको यो क्रम ५०५ भन्दा अधिक जाने क्ष्ीइ ले एक रिपोर्टमा सार्वजनिक गरेको छ । यसले वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरहरुको ठुलो हिस्साले पुर्ण रोजगारी गुमाउनु परेको मात्रै छैन उनीहरुको जीवनलाई एक अनिश्चित संकटको दिशा तर्फ धकेलि दिएको छ ।
३. अहिले वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरहरु मुख्यतः पुर्ण रोजगारी कटौती र सकुशल स्वदेश फर्कने अन्योलका बिचबाट गुज्रिरहेका छन । यो संगै तलब सुविधा कटौती, करार सम्झौता अनुसार काम गरेको समय अबधिको तलब सुविधा नपाएको स्थितिको बिचमा कतिपय मजदुरहरुको कम्पनीसँगको करार सम्झौता सकिएको छ र सम्बन्धित कम्पनी नयाँ करार सुविधा थप गर्ने पक्षमा छैनन । पछिल्लो ६ महिनादेखि कामबिहिन मजदुरहरु एउटा कोठामा महिनौं गुजार्न विवश छन । यसले कतिपय मजदुरहरुमा सामान्य स्वास्थ्य समस्या देखि मानसिक समस्याहरु देखा पर्न थालेका छन । मुख्यतः महिला श्रमिकहरुले विगत देखि नै विभिन्न प्रकारका हिंसात्मक दुस्कर्मको सिकार हुनु परेको विषयले हामीलाई निरन्तर दुखित बनाई रहेको छ । कम्पनीमा कार्यरत अवस्थामा घाइते भएर अंगभंग भएकाहरूको व्यवस्थापन र उचित क्षतिपूर्तिको प्रबन्धमा समस्या छ । कतिपय नेपाली श्रमिकहरु अहिले पनि कोमामा उपचाररत छन । उनीहरुको आगामी भविष्य अन्योल ग्रस्त छ । आश्रति परिवारको विचल्लि छ । विभिन्न झुठो प्रकृतिको मुद्दा सहित सयौंको संख्यामा नेपाली मजदुरहरु विदेशको जेलमा बन्दी जीवन बिताउन बाध्य छन । अर्कोतिर गैरकानुनी रुपमा रहँदै बस्दै आएका मजदुर हरुको स्थिति थप संकटग्रस्त बनेको छ । नेपालमा रहेका उनीहरुका आफन्त हरु व्यग्र पुर्वक उनीहरु सँगको पुनर्मिलनका लागि प्रतीक्षारत छन । यो प्रकारको उच्च संकटको सामना गर्ने नेपाली मजदुरहरुको संख्या १० लाखको हाराहारी रहेको छ । विभिन्न आन्तरिक र बाह्य दुर्घटनामा मृत्यु भएका नेपाली श्रमिकहरुको डेथ बडि अझै नेपाल ल्याउन र परिवारलाई बुझाउन सकिएको छैन ।
४. अहिले वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरहरुको एक मात्रै प्रमुख मुद्दा भनेको स्वदेश फिर्ताको मुद्दा हो । विगतको समयमा देशको कुल अर्थतन्त्रमा करिब एक तिहाई योगदान दिँदै आएको यो समुदाय अहिले राज्य बिहिन र टुहुरो जस्तो देखिएको छ । राज्यको सक्रियता, पहल र सहयोगमा स्वदेश फर्कन पाउनु उनीहरुको अधिकार हो । तर राज्य उनीहरुको अधिकार माथि अंकुश लगाएर विदेश कै भुमिमा मर्न वा सड्न बाध्य गराउदै छ । यो अक्षम्य अपराध हो सायद यसको हिसाब आगामी दिनमा मजदुर हरुले पक्कै चुक्ता गर्नेछन ।
५. अहिले राज्यले वैदेशिक रोजगारीमा रहेका मजदुर स्वदेश फिर्ताको जुन बहस गर्दैछ यो भ्रमपुर्ण र मिथ्या कुरा हो । स्वदेश ल्याउने बहानामा राज्यले पुनः मजदुर माथि अर्को लुटको राजनीति शुरु गरेको छ । अहिले राज्यले अन्तर्राष्ट्रिय उडानहरु सिमित गरि दिएको छ भने आगमन प्रणाली लाई पनि सिमित गरेको छ । एक दिनमा ८०० भन्दा बढि यात्रुलाई आउन नदिने गरि व्यवस्था गरिएको छ । भाद्र १६ देखि असोज १४ सम्मको एक महिनामा ९३ वटा नियमित र ४९ वटा चार्टर उडानलाई मात्रै काठमाडौंका लागि अनुमति दिएको छ परन्तु यी उडानहरु पनि मुख्यतः श्रम गन्तव्य र उत्पीडित श्रमिक वर्ग लक्षित छैनन । राज्य सँगको मिलेमतोमा व्यावसायिहरुले हवाई भाडा २००५ भन्दा अधिक वृद्धि गरेका छन । हवाई भाडा, ७२ घण्टे पिसिआर परिक्षण रिपोर्ट , होटलको व्यवस्थापन लगायतका शर्तहरु अगाडि सारिएका छन । सामान्य उडानहरुलाई निषेध गरेर चार्टर्ड उडानको नाटक गरिएको छ । ६ महिना देखि पुर्ण रोजगारी गुमाएर उच्च संकटमा बाँचिरहेका मजदुर हरुले को यो मापदण्ड पुरा गर्न सक्छन ? यो असम्भव मात्रै छैन मजदुरका लागि पहाड उठाउनु बराबर भएको छ । यद्यपि अहिले वैदेशिक रोजगार बोर्डमा मात्रै वैदेशिक रोजगारी मा जाने मजदुर हरु बाट संकटमा मजदुरको पक्षमा प्रयोग गरिने भनि असुल गरिएको ६ अर्ब भन्दा बढि रुपैयाँ रहेको छ परन्तु यो पैसा मजदुर हरुको हितमा नभएर माफिया हरुको स्वार्थमा बढि खर्च हुने गरेको छ । संकटमा परेका मजदुरको उदार गर्न यो रकम किन खर्च गरिन्न ? यो हामीले प्रश्न गर्ने समय हो ।
६.विभिन्न देशमा उच्च संकट सहेर बाँचिरहेका नेपाली मजदुर दाजुभाइ दिदिबहिनीहरुले हामीलाई उदारको लागि राज्य संग पहल गरिदिन अनुरोध र गुनासो गर्नु भएको छ । पछिल्लो समय यसमा व्यापाक वृद्धि भएको छ । हामीले आवश्यक पहल गरिदिन जिम्मेवार निकायहरूको बारम्बार ध्यानाकर्षण गराउदै आएका छौं । हामीले हाम्रो संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको तर्फबाट यहि भाद्र १० गते जारी गरेको विज्ञप्तिमा पनि यो विषयलाई महत्त्वका साथ उठाएका छौं । उक्त विज्ञप्तिको २ नम्बर बुँदामा भनिएको छ ूराज्यले वैदेशिक रोजगारीमा रहेका श्रमिक हरुलाई उच्च संकट, मध्यम संकट र सामान्य संकटको आधारमा वर्गीकरण गरि हवाई भाडा, स्वास्थ्य परिक्षण सहित आवश्यक सम्पुर्ण व्यवस्थापन निशुल्क गर्नु पर्दछ ।ू यसै गरि ६ ट्रेड युनियन महासंघले संयुक्त रूपमा भाद्र १४ गते जारी विज्ञप्तिमा यसलाई अझै व्याख्या गर्दै भनिएको छ ूवैदेशिक रोजगारीको शिलशिलामा मुख्यतः मध्यपुर्व, मलेसिया र भारत प्रवासमा रहेका नेपाली श्रमिकहरुको लाखौं संख्यामा रोजगारी गुमेको छ ।
कतिपयको भिषा इजाजत सकिएको छ । उनीहरु कठिन भन्दा कठिन संकट संग जुधिरहेका छन । तत्काल स्वदेश फिर्ता उनीहरुको पहिलो आवश्यकता हो । यो सन्दर्भमा राज्यले नेपाली श्रमिकको संकटलाई मुख्यतः उच्च संकट, मध्यम संकट र सामान्य संकटको आधारमा ३ तहमा वर्गिकरण गरि हवाई शुल्क, आवश्यक स्वास्थ्य परिक्षण र उपचार एवं व्यवस्थापनको निशुल्क व्यवस्था सहित अविलम्ब स्वदेश ल्याउने व्यवस्था गर्नुपर्छ ।ू परन्तु उत्पीडित मजदुरको पक्षमा हामीले उठाएको आवाजलाई प्रतिक्रियावादी शासक वर्ग सुन्न अस्विकार गरि रहेका छन । उनीहरु यसलाई लागु गर्न तयार छैनन ।
७.यो सँगै हामीले कयौं पटक वैदेशिक रोजगार बोर्ड र सम्बन्धित देशको कुटनैतिक नियोग र दूतावासलाई पनि उत्पीडित मजदुरहरुको पक्षमा सक्रियतापुर्वक काम गर्न ध्यानाकर्षण गराएका छौं परन्तु उनीहरु यसलाई लागु गर्ने दिशामा जिम्मेवार छैनन । दूतावासहरु अहिले मजदुरको संकट मा एक भरपर्दो सहयोगि बनेर उभिनुको सट्टा उल्टै तुच्छ चलखेलमा रमाई रहेका छन । उनीहरु उत्पीडित मजदुरको आवाज अधिकार सम्बोधन गर्नुको सट्टा कम्पनीको गलत नीतिलाई समर्थन गर्दै मजदुर विरोधी धन्दामा सक्रिय छन । उनीहरु यति सम्म पतन भएका छन कि यो नै लुट्ने, कमाउने र जमाउने बेला हो भनेर लुटको धन्दा चलाइ रहेका छन । अहिले कतिपय देशमा नेपाली मजदुर हरु सशक्त विरोध प्रदर्शनमा उत्रिएका छन । हिजो साउदी अरब स्थित नेपाली दूतावासमा भएको मजदुरहरुको प्रदर्शन लाई यसको पछिल्लो कडिको रूपमा बुझ्न सकिन्छ ।
अब के गर्ने ?
अहिले हामीले राज्यलाई चौतर्फी दबाब सृष्टि गर्न केहि नयाँ तयारी गर्न जरुरी भएको छ । मजदुर हरुको श्रम पसिना माथि गरिने कुनैपनि लुटलाई हामीले अस्विकार गर्नुपर्छ । यसका लागि पहिलो तयारी भनेको हरेक देशमा रहेका उत्पीडित नेपाली मजदुरहरुले आजको नयाँ आवश्यकता अनुसार ध्रुवीकरणको तयारी गर्नु हो । दोस्रो तयारी भनेको हाम्रो समस्यालाई सम्बन्धित देशका नेपाली कुटनैतिक नियोग र दूतावासमार्फत नेपाल सरकारको खबरदारी र विरोधको तयारी गर्नु हो । तेस्रो तयारी भनेको वैदेशिक रोजगारी मा रहेका श्रमिक र नेपाल भित्र रहेका उत्पीडित श्रमिक वर्गको बिचमा समन्वय गरि नेपाल भित्र पनि सशक्त विरोध र संघर्षलाई अगाडि बढाउने तयारी गर्नु हो । अन्तिम र मुख्य तयारी भनेको उत्पीडित जनता विरोधी यो दलाल प्रतिक्रियावादी संसदीय राजनीतिक सत्ता वा व्यवस्थाको विरुद्ध निर्णायक जन विद्रोहको तयारी हो । साँच्चै हामी एक हुने हो भने, निरन्तर राज्यको शोषण दमन र उत्पीडनको मार झेलिरहेका विपन्न किसान, मजदुर, महिला, मधेसी, दलित, आदिवासीरजनजाति र सिमान्तकृतहरु एकताबद्ध भएर लड्न तयार हुने हो भने अर्थात सम्पुर्ण उत्पीडित जनताले यो दलाल प्रतिक्रियावादी हरुको लुटको स्वर्ग ध्वस्त गर्न तयार हुने हो भने निमेषभरमा प्रतिक्रियावादीहरु ध्वस्त खरानी हुने छन । यसो गर्न सकियो भने हामि संधैका लागि मुक्त स्वतन्त्र हुनेछौं । हामीले हाम्रो रगत पौरख र पसिना विदेशको मरुभूमिमा बगाउदै मर्नु पर्ने यो बर्बर युगको अन्त्य हुनेछ । हामि वैज्ञानिक समाजवादको सुन्दर व्यवस्थामा प्रवेश गर्न सफल हुनेछौं ।
धन्यवाद