आइसोलेसन अर्थात्

आइसोलेसन अर्थात्

उहिलेदेखि
अर्थात्
अँध्यारो र उज्यालो
विहान र साँझ
दिउँसो र रात
बर्स र महिना
बार र दिन
कुनै पनि
न छुट्टिदैदेखि
होइन क्यारे
ती जब देखिए
उँच निच
छुत अछुत
पुरुष नारी
कालो गोरो
अग्लो होचो
पठित अपठित
तल्लो माथिल्लो
बाहुन शुद्र
आर्य अनार्य
राम रावण
देव दानव
ती ती पलाए
त्यतिबेलै
मानिसहरूको
भयो क्यारे
विलगन अर्थात्
आइसोलेसन
भनुँ
पृथक्करण
ठुला राष्ट्र
साना राष्ट्र
ठुला जात
साना जात
जितुवा हरूवा
सत्तासीन
सत्ताहीन
यस्तै यस्तै
अर्थात्
आइसोलेसन
यस विपरीत
अर्थात्
विलगन विरुद्ध
सुलगन
वर्गशत्रु विरुद्ध
आइसोलेसन