कोरोना !

कोरोना !

कोरोना !
तिमी त !
डर , त्रास र विभेदको अर्को नाम रहेछौ !
भोक ,
रोग र शोकको छट्पटी पो रहेछौ !
पुँजीवादले थोपरेको ,
प्राकृतिक , अदृश्य शक्ति ,
मानव विनाशको एक रुप पो रहेछौ !

कोरोना !
तिमी ,
लुटको सुनामी !
भ्रमको आँधीवेरि !
भ्रष्टाचारको शिखर !
छलवाज र कमाउवाजको महा सागर पो रहेछौ !

तिमी त !
तस्कर ,
माफिया ,
विचौलिया र दलालहरुको ढुकुटी पो रहेछौ !
श्रमजीवी वर्गको मृत्यु पो रहेछौ !

साच्चै कोरोना !
तिम्रो नाममा !
माक्स , सेनिटाइजर ग्लोव्सको ब्यापार उच्च छ !
जवरजस्त प्रयोग गर्न लगाइएको छ !
आफै भन कोरोना ,
यो सब गरुँ कि ,
भोको पेट भरुँ ?

हो ! कोरोना !
बिना विकल्प थुनिएका ,
भोका पेटहरु ,
आफ्नै आन्द्राको पासो लगाइ झुन्डिरहेछन् !

छोरी चेली  !
डर ,
त्रास ,
भोक ,
छट्पटी र आतंकित मात्र छैनन् ,
अमानवीय व्यबहार ,
बलात्कार र मृत्यु  भोगिरहेछन् !

उता ,
विभिन्न दीर्घ रोगिहरु !
उमेर असी कटेकाहरु !
उच्च रक्तचाप ,
मधुमेह ,क्यान्सर ,
मुटु , मिर्गौला र फोक्सोका बिरामीहरु ,
मृत्यु भैरहेका छन !
त्यहाँ तिम्रै ट्याग लगाइन्छ !

तिम्रो !
जन्म गराउने र न्वारान गरिदिने शासकहरु !
लास गन्दै कोभिड -19 को ट्याग लगाउन ,
विश्व समाज आतंकित बनाउदै , आय आर्जनमा लिप्त छन !
तिमी !
स्वस्फूर्त भन कोरोना !
यस्तो दृश्य टुलुटुलु हेरेर बसौं ?
कि ,
यो औचित्य विनाको बन्दानन्दी तोडौं ?

हो कोरोना!
अब केहिन केही गर्नै पर्छ !
किसान को निमित्त !
श्रमिकहरुको निमित्त !
इमानदार मनहरुको निमित्त  !
सबै सबै उत्पीडित वर्गहरुको निमित्त !
तिमी आतंक होइन !
उर्जा बनेर आउ !
उज्यालो लिएर आउ !
आउ कोरोना !
रातो , रातो झन झन रातो बनेर आउ !