२०७७ सालको गाईजात्रा पर्व श्रावण २० गते पर्ये । यो पर्वमा विभिन्न कला संस्कृतिकर्मिहरुले सरकारका गलत काम कारवाही समाजमा कुरीती अन्धविश्वाशलाई व्याङग्यात्मक तरिकाबाट अभिव्यक्त गर्ने काम गरिन्छ । विभिन्न साँस्कृतिक व्यक्ति संघसङ्गठनहरुले मन फुकाएर कार्यक्रम निर्माण गरेर विषयवस्तु जनतासमक्ष पस्कने काम गरिन्छ । यस्तो गाईजात्रा वर्षमा एक पटक मात्र पर्दछ । यसपटक भने सबै कलाकर्मिहरुलाई माया गर्ने गरि एकसमुहद्धारा गाईजात्रा देखाईएको छ । यो समुहलाई बाह्रै महिना गाईजात्रा देखाउन छुट छ । उसलाई चुनावरुपी नौटङकीबाट सो वरदान मिलेको छ । यस प्रकारको गाईजात्रा नेपाली जनताले राम्रोसँग हेर्ने र अनुभुती गर्ने अवसर मिलेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डवल कम्युनिष्ट पार्र्टीले गाईजात्रा प्रहसन प्रस्तुत गरिरहेको छ । यसमा मुख्यपात्रहरु खड्क प्रसाद ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ, नारायणकाजी आदि रहेका छन । केपी ओली, माधव नेपाल, झलनाथ खनालहरुले नेतृत्व गरेको एमाले पार्टीलाई शत्तामा जानु थियो। प्रचण्डले आफ्नो राजनिति विचार सिद्धान्त र दशवर्षे जनयुद्धले प्राप्त गरेका उपलब्धिहरु सबै प्रतिक्रियावादीहरुलाई बुझाई सकेका थिए । यसकारण उनी अश्तित्वरक्षा र जिवन रक्षाको लागी एमालेको शरण पर्नु अनिवार्य थियो । यिनै स्वार्थका विचबाट पुर्वमाओवादी केन्द्र र पुर्व एमाले बिच पार्टी एकता हुन गएको हो।कहिँ नभएको जात्रा हाँडीगाँउमा एक पार्टीमा दुई अध्यक्ष जनताले एक पार्टीमा दुई अध्यक्ष किन जरुरी पर्यो ? भन्दा जवाफमा ओलीले जेट उडाउन दुई पाइलट चाहिन्छ । यो सामान्य टुइनटर हो र ? कुन दिन ओली र प्रचण्डले संविधान संसोधन गरेर दुई प्रधानमन्त्रीको व्यवस्था गर्दछन, त्यो हाम्रै पालामा देख्न पाइन सक्छ । जेट हाँक्नेको खुट्टी देख्दै थाहा पाइयो भनेजस्तै देखी सकियो । जसरी एउटा हड्डी चाट्नको लागी एक हुल कुकुरहरु झगडा गर्दछन हड्डीको अस्तित्व सिद्धिए पछी एकआपसमा मिलापत्र गर्दछन । त्यसैगरि सत्ताको हड्डी चाट्नको लागी डवल नेकपाका नेताहरु एक आपसमा लडीरहेका छन । हाल केपी ओलीले सत्तामा राँइदाइँ गरीरहेका छन । आफ्ना कित्ताका मान्छेलाई मन्त्री बनाउने विभिन्न आयोग गठन गरेर आप्ना मान्छेलाई भर्ति गर्ने र बाहिर म भ्रष्टाचार सहन्न भन्ने भित्र भित्र देश यति अप्ठेरो अबस्थामा परेको वेलामा देश कङ्गाल हुने गरेर भ्रष्टाचार गरेका छन । हेरौँ उनका मन्त्रीहरु इश्वर पोख्रेल, भानुभक्त ढकाल, गोकुल वास्कोटा कोही भ्रष्टाचारबाट चोखो छैनन । वर्तमानमा डवल कम्युनिष्ट पार्टी भित्र चलेको अन्तसंर्घष कुनै देशको हित उन्नती जनताको हितमा केन्द्रीत छैन, छ त शिर्फ ओलीले सत्ताका तरमा वाजी मारे मैले पाइन । प्रचण्ड भन्दछन– “ओलीलाई पार्र्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा देउ ।” ओली भन्दछन– “म कुनै पदबाट पनि राजिनामा दिँदै दिन्न जे गर्छौ गर ।” हुँदा हुँदा प्रचण्ड भन्दछन– “एक पद त छोड। ।” ओली भन्दछन– “म कुनै पद पनि छोड्दीन ।” अब प्रचण्ड चिसै पानीले नुहाउने अबस्थामा पुगेका छन । प्रचण्डले क्रान्तिकारी विचार, सिद्धान्त र दशवर्षे जनयुद्धको उपलब्धिलाई प्रतिक्रियावादीलाई बुझाइसकेको हुनाले केही हनुमान मात्र लिएर एमाले प्रवेश गरेको हुनाले उनले चिसै पानीले नुहाउन बाध्य भएका हुन । असार १० गतेबाट बोलाएको स्थायी कमिटीको बैठक बोलाउँदै स्थगित हुँदै आएको छ । यस्तो बैठकबाट के देशजनताको उन्नती प्रगती को बिषयमा छलफल होला ? जनताले के अपेक्षा गर्न यो गाइजात्रा हामी नेपाली जनताले हेरीरहनु परेको छ । ओली मलाई भारतले सत्ताबाट निकाल्न खोज्यो भन्दछन । प्रचण्ड मै हुँ भारत मैले राजीनामा मागेको हुँ भन्दछन । यो गाइजात्रा हामी हेरीरहेका छौ । अर्कोतिर जनतालाई कोरोना भाइरसको आतङ्क देखाएर देश बन्द गर्ने ओली सरकार जनविरोधी विधेयक ल्याएर अर्काका पार्र्टीमा, संसद अपहरण गर्ने पार्र्टी फुटाउने विधेयक ल्याउने यो गाइजात्रा पनि हेर्न परेकै छ । राष्ट्रपति एउटा देशको सम्मानित अभिभावक संस्था हुनुपर्नेमा ओलीको निजी सचिव जस्तो व्यवहार छ । ओलीले जे विधेयक पेश गर्दछन ? कुनै सोच विचार नगरी ल्याप्चे हान्ने काम गरिन्छ । फेरि जनताको तिव्र विरोधपछि त्यहि हातमुखले फिर्ता पनि भइहाल्छ । राष्ट्रपतिको यस प्रकारको काम कारवाही पनि एउटा गाइजात्रा नै जनताले हेरेका छन । देशमा कोरोना संक्रमण तिव्र रुपमा बढेर गएको छ । नेपाली जनताको जिवन अति जोखिममा भएको वेलामा डवल कम्युनिष्ट पार्र्टीमा नेता कार्यकर्ता एकथरी ओलीसरकार हटाउन पाँइदैन भन्दै जुलुस निकाल्दछन । अर्काथरि पार्र्टी फोर्न पाइदैन भन्दै अर्कोतिर जुलुस निकाल्दछन । कोरोना संक्रमणको खतरा यिनैबाट हुन गएको छ । सरकार उपचारमा गैरजिम्मेवार बन्ने कार्यकर्ता सरकार बचाउ र ढलाउ भन्दै जुलुस निकालेर खतरा बढाउने । यिनले कहिल्यै भारतले हड्पेको हाम्रो भुमि फिर्ता हुन पर्र्याे, महङ्गी भ्रष्टाचार बन्द हुन पर्र्यो, अन्यायपूर्ण ढङ्गले जनतामाथी हुने हत्याआतङ्क बन्द हुन पर्र्यो भनेर कहिल्यै जुलुस निकालेनन । उनीहरु बोलेनन । केहि दिन अगाडी अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थमा भारी मुल्य घटेर आयो तर जनतालाई सो मुल्य घटाएर पेट्रोलियम पदार्थ उपलब्ध गराइएन । उद्योगमन्त्री लेखराज भट्टले त्यो घटेको पैसा कोरोना उपचारमा खर्च गर्ने भनेर बोले । के को जनताको उपचारमा हुन्थ्यो आफ्नै खल्ती भरे ।यो गाइजात्रा पनि जनताले हेरेकै छन । कहिले ओली सडकमा, पोल र भित्ता भित्तामा फोटो टाँस्न पठाँउछन । असल विज्ञाति मान्छेले आफ्नो प्रचार आफैँ गर्दैनन । आफ्नो प्रचार त कागले मात्र गर्दछ । यो गाइजात्रा पनि हेर्न परिरहेको छ । ओली सरकार दत्तचित्त भएर भारतद्वारा अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक फिर्ता गर्न पहल गर्ने र कोरोनाभाइरसबाट जनतालाई उपचारको ग्यारेन्टीको साथै देशलाई कोरोना भाइरस मुक्त बनाउन पर्नेमा चिनले तिन महिनामा पुर्ण रुपमा नियन्त्रण गर्र्यो । ओली सरकार र डवल कम्युनिष्ट पार्र्टी सत्ताको हड्डीमा लुछाचुँडीमा व्यस्त रहेको छ । यो गाइजात्रा पनि जनताले बाध्य भएर हेर्न परिरहेको छ । नेपालमा कोरोना भाइरसका बिरामीहरु कति अस्पतालको मुख देख्नै नपाइकन मरि रहेका छन । विस्तारै राज्य गैरजिम्मेवार बन्न खोज्दै छ । अब राज्यले उपचार धान्न सक्दैन आँफै उपचार गर भन्न थालेको छ । रुपन्देही नरैनापुरको कोरोनाबाट मृत्युवरण गर्ने पहिलो २०–२२ बर्षे युवा उपचारको लागी अस्पताल नै लगिएन क्वारेन्टाइनमा मृत्युवरण भयो । त्यस्तै काभ्रेकी २९ बर्षिय सुत्केरी तमाङ्ग युवतीले पनि अस्पतालको मुख देख्न नपाइ ज्यान गयो । यो त उदाहरण मात्र हो यस्तो त कति छ कति । यो गाइजात्रा पनि जनताले हेरिरहेका छन्। ओलीले देशको समृद्धि र कोरोना संक्रमण रोक्न कस्तो निति ल्याउलान भनेर नेपाली जनता देशविदेशबाट टिभि रेडियोमा झुम्मिन्छन । डा.ओलीले वेसार पानी खाउ भन्छन । यो त सामान्य नागरिकले पनि जानेका होलान भन्ने हेक्का तिनलाई छैन । यो गाइजात्रा पनि जनताले हेर्ने सुन्ने गरि रहेका छौँ । देशमा यावत समस्या र चुनौतीहरु बगल्ती छन । यसको समाधान तिर लाग्नु पर्नेमा निजलाई विषयान्तर गर्दै राम कहिले पर्साको ठोरीमा जन्मेका हुन कहिले चितवनको अयोध्यापुरीमा जन्मेका हुन भनेर पङ्गु कुरा गरेर गाइजात्रा देखाइरहेका छन । एकातिर ठोरीका जनता कुटो कोदालो लिएर राम जन्मेको ठाँउ खोज्दै हैरान कहिले माडीका जनतालाई हैरान । आफुलाई डवल कम्युनिष्ट पार्र्टी दावी गर्नेहरुले पहिला जनजिविका र देशको विषयमा चिन्ता गर्ने होकी ? वेला न कुवेला राम जन्मेको ठाँउ खोज्न हिड्ने हो । गत साल भारतको अयोध्याबाट मरिसकेका राम र सीताको विवाह जनकपुरमा जन्ती बोलाएर ओलीले मोदीले सिलाएर ल्याइदिएको राजस्थानी कपडा लगाएर जन्ती अन्माएर जनकपुरको साँचो मोदीलाई बुझाएको देख्ने आँखा जिउँदै छन । यो गाइजात्रा पनि देखिएकै छन । ओली राम जन्मेको माडीमा मध्य बर्खामा चेपाङ्ग आदिवासीको घरमा आगो लगाउँदै हिड्ने व्यवस्थापनको नाममा जङ्गगलबाट निकालेर जङ्गल मै राख्ने कतिलाई अहिले हो कि भरे खोला आएर सर्लक्क बगाएर लैजाने खतरा भएको खोलाछेउमा राख्ने यो गाइजात्रा नभएर के भन्ने ? यसकारण यस सालको रमाइलो गाइजात्रा सत्ताधारी पार्र्टीले नै देखाएको हुनाले कलाकारहरु यसपाली ओझेलमा परेका छन । यो सबै विषयको अध्यन गर्दा, यो संसदिप व्यवस्था असफल सिद्ध भइसक्यो । अब यसलाई समाएर बस्नु भनेको मरेको घोडालाई काखी च्यापेर बस्नु सरह हुन्छ । यसकारण राष्ट्रिय स्वाधिनता साथै जनजिविकाको पुर्ण ग्यारेण्टी हुन जनगणतन्त्र ल्याउनको लागी हाम्रा वहस छलफल र पाइलाहरु अगाडी बढाउन ढिला भइसक्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर